अक्षयको कठपुतली १२५ करोडमा बिक्री

अक्षयको कठपुतली १२५ करोडमा बिक्री
+
-

एजेन्सी – सन् २०२२ मा ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’ र ‘रक्षा बन्धन’ पछि अक्षय कुमारको नयाँ फिल्म ‘कठपुतली’ दर्शकलाई मनोरञ्जन दिन तयारी अवस्थामा छ।

उनका अघिल्ला फिल्मजस्तै यो फिल्म पनि थिएटरमात्र नभई ओटीटी प्लेटफर्म डिस्ने प्लस हटस्टारमा २ सेप्टेम्बरमा रिलिज हुँदैछ। रन्जीत एम तिवारी निर्देशित फिल्म एक सस्पेन्स क्राइम थ्रिलर हो।

फिल्ममा अक्षय प्रहरी अधिकृतको भूमिकामा देखिन्छन्। उनको अपोजिटमा रकुल प्रीत सिंह छिन्। फिल्म निर्माण पक्षले यो फिल्म ओटीटी प्लेटफर्म डिस्ने प्लस हटस्टारलाई १ सय २५ करोडमा बेचेको छ।

अक्षयका पछिल्ला फिल्मले बक्सअफिसमा आशातित प्रदर्शन नगरिरहेपछि निर्माण पक्षले यसपटक सिधा ओटीटीलाई फिल्म दिएको हो। ओटीटीबाट फिल्मले पाएको रकमलाई अहिलेको अवस्थामा निकै उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ।

फिल्मको कथा हिमाञ्चल प्रदेशको कसौली सहरको हो, जहाँ अक्षय प्रहरी अधिकृत हुन्छन्। अचानक शहरमा एक जघन्य हत्या हुन्छ। हत्या पछि शवलाई हत्याराले सार्वजनिक स्थानमा छोडिदिन्छ। जसमा प्रहरी शवसम्म होइन, शव प्रहरीसम्म आइपुग्छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’