
काठमाडाैँ – राेजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा धनकुटास्थायी घर भइ हाल काठमाडाैँकाे भिमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवान रहेका छन्।
उनले राेजगारिका लागि क्रोएसिया पठाइदिन्छु र राम्राे काम लगाइदिन्छु भन्दै गाेकुल भण्डारीसँग दुई लाख रुपैयाँ ठगी गरेका थिए।
वर्किङ भिषामा क्रोएसिया जानको लागि प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र क्रोएसिया पुगेपछि प्रतिष्ठित अटाेमाेबाइल कम्पनीमा काममा लगाइदिने भन्दै मासिक एक लाखसम्म तलब हुने प्रलाेभन देखाइ उनले साे रकम ठगेका थिए।
काँडाघारीबाट पक्राउ परेका देवानलाई प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएकाे जनाएकाे छ।