नयाँ शाखा कुपण्डोलमा

सस्तोमा नेपाली स्वाद चखाउँदै ‘पोखरा पिज्जा’

सस्तोमा नेपाली स्वाद चखाउँदै ‘पोखरा पिज्जा’
+
-

काठमाडौँ – हिजोआज पिज्जा खानेहरुको जमात ठूलो छ। पिज्जा खानकै लागि महँगो मूल्य छुट्याउनुपर्ने बाध्यता पनि सँगसँगै छ। तर, ‘पोखरा पिज्जा’ले भने सस्तो मूल्यमा नेपाली स्वादमा विगत ११ वर्षदेखि पिज्जा खुवाउँदै आएको छ।

पोखराबाट सुरु भएको ‘पोखरा पिज्जा’ हाल काठमाडौँमा पनि उपलब्ध छ। काठमाडौँको धुम्बाराही चोकमा शाखा खोलेर सेवा दिँदै आएको पोखरा पिज्जाको नयाँ शाखा शुक्रबार (भदौ १० गते)बाट ललितपुरको कुपण्डोलमा पनि खुलेको छ।

पोखरामा सबैको जिब्रोमा झुण्डिएको पिज्जा ग्राहकहरुको मागअनुसार नै काठमाडौँमा पनि शाखा खोलिएको र विस्तार गर्दै गएको संचालक रोज्मा गुरुङ बताउँछिन्।

हाल कुपण्डोलमा खुलेको शाखा भने पोखरा पिज्जाका संचालक विजय गुरुङले नभइ उनका दुई छोरीहरु रोज्मा र रोविकाले संचालन गरिरहेका छन्।

रोज्मा आफै पनि होटल म्यानेजमेन्टकी विद्यार्थी हुन्। स्कुल पढ्दादेखि नै उनमा होटल म्यानेजमेन्ट नै पढ्छु भन्ने सपना थियो। उनले कक्षा १० पछिको पढाइ होटल म्यानेजमेन्टबाट नै निरन्तरता दिइन्। उनलाई आफ्नो सपना पढाइबाट नै पूरा गर्छु भन्ने थियो।

‘म स्कुल पढ्दा नै पछि यो कलेजमा होटल म्यानेजमेन्ट पढ्छु भनेर बाबा, मामु, बहिनी, भाइ त्योबेला हामी कलेज हेर्न गएका थियौँ,’ त्यतिबेलाको क्षण सम्झेर खुसी हुँदै उनी भन्छिन्, ‘मलाई सानोबाटै यस क्षेत्रमा इन्ट्रेस्ट थियो। म सानोदेखि नै एकमदै फुडी पनि थिएँ। अनि केही बनाउनुपर्दा पनि अघि सरिहाल्थेँ।’

पढाइको क्षेत्र मिलेर मात्रै नभइ आफूले रुचाएको क्षेत्र भएकोले यस व्यवसायमा लागेको उनी बताउँछिन्।

‘बाबा पनि केही समय कोरिया बसेर आउनुभएको हो। त्यसपछि हामीले पोखरा पिज्जा सुरु गरेका हौँ। सुरुको दिनबाट नै हामी दिदीबहिनीले बाबालाई काममा सघाउँदै आएका छौँ,’ उनी भन्छन्, ‘पोखराबाट सुरु भएको यो व्यवसायलाई ब्राण्ड बनाएर अहिले यहाँसम्म आइपुग्नु सबै बाबाकै प्रेरणा हो। मुख्य त उहाँको कामप्रतिको लगाव पनि हो, जसले हामीलाई सधैँ उर्जा थपिरह्यो।’

रोज्माका प्रायः सबै साथीहरु विदेशी पलायन भइसकेका छन्। अहिलेको युवा पुस्ताहरुमा विदेश मोह बढ्दो छ। तर, रोज्मा भने आफूले जानेको सीपबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सोच राख्छिन्।

पोखरा पिज्जामा बन्ने सबै किसिमका परिकारहरु आगोबाट नै बन्ने गरेको छ। जसका कारण पनि पिज्जामा नेपाली स्वाद थपिएको उनी बताउँछिन्।

पोखरा पिज्जाले नेपाली स्वादलाई ब्राण्ड बनाएको छ। पोखरा पिज्जामा कम्तिमा १४ थरिका पिज्जा बन्ने गर्छन्। सबै पिज्जाको मल्यू भने समान ३ सय ५० रहेको छ।

पिज्जा यति सस्तोमा बेच्नुभएको छ नि किन? भन्ने हाम्रो प्रश्नमा रोज्मा भन्छिन्, ‘हामीले पैसाको लागि मात्रै व्यवसाय गरेको होइन। पोखरा पिज्जालाई सबैले मन पराइदिनुभएको छ। हामीले सुरुबाट नै सस्तोमा मिठो पिज्जा खुवाउने भनेका थियौँ। त्यसैलाई निरन्तरता दिइरहेका छौँ।’

उनी थप्छिन्, ‘पोखरा पिज्जाको यहाँसम्मको यात्रा सफल हुनु भनेकै सस्तोमा मिठो भएर नै हो जस्तो हामीलाई लाग्छ।’

पोखरेलीको जनजिब्रोमा झुण्डिएको पिज्जा  अब देशैभर पुर्‍याउने लक्ष्य रहेको उनी बताउँछिन्। पोखराबाट सुरु भएको पोखरा पिज्जा काठमाडौँको धुम्बराही चोक हुँदै हाल कुपण्डोलमा समेत शाखा खुलिसकेको छ। हाल विभिन्न तीन स्थानमा भने परिवारका सदस्यले नै मिलेर सञ्चालन गरिरहेको उनी बताउँछिन्।

पोखरामा रोज्माकी आमा कमला गुरुङले संचालन गरीरहेकी छन्। काठमाडौँमा रहेका दुईवटा भने बुवा विजय गुरुङ र दिदी–बहिनी (रोज्मा र रेविका) ले संचालन गरिरहेका छन्।

पोखरा पिज्जा हाउसले एउटा पिज्जाको ३५० रुपैयाँ मूल्य लिने गरेको छ। १४ स्वादको पिज्जा बनाइने पिज्जा हाउसमा वर्गर, पास्ता, विंग्स, कफी, बेकरी आइटसमेत पाइन्छ।

पोखराका मुख्य ठाउँहरुमा निःशुल्क होम डेलिभरी सेवा दिएर पोखरेलीको मन जितेको पोखरा पिज्जा हाउसले काठमाडौँमा पनि यसलाई निरन्तरता दिने भएको छ। पोखराकै मूल्यमा पोखराकै स्वाद राजधानीमा पनि दिने रोज्माको दाबी छ।

पोखरा पिज्जा हाउसले पोखरामा जस्तै काठमाडौँमा पनि पाँच किलोमिटर क्षेत्रमा निःशुल्क होम डेलिभरी दिने उनले बताएकी छन्।

पोखरा पिज्जा हाउसले स्थापनाकालदेखि नै पोखरेली ग्राहकलाई अर्डरअनुसार घर/घरमा पिज्जा निःशुल्क होम डेलिभरी गर्दै आएको छ। उनी भन्छिन्, ‘पाँच किलोमिटर क्षेत्रमा काठमाडौँमा पनि एउटा पिज्जा मगाए पनि निःशुल्क होम डेलिभरी दिन्छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?