बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार (तस्बिरसहित)

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार (तस्बिरसहित)
+
-

बुटवल- बुटवलमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न मिल्ने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ।

साना-ठूला गरी १२ वटा सभाहलसहितको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजेपछि सम्मेलन केन्द्रको उद्घाटन गर्ने छन्।

संघीय सरकार सहरी विकास मन्त्रालयले १ अर्ब ११ करोडको लागत सम्मेलन केन्द्र निर्माण गरेको हो।

नेपालको झन्डा आकारमा तयार पारिएको सभाहल तत्कालै प्रयोग गर्न मिल्ने‍गरी तयार भइसकेको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिए।

सभाहलसहित ६ वटा बैठक हल र दुईवटा बहुउद्देश्यीय हल भवन तयार भएको छ।

सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ। सभाहल बाहेक बैठक हल र बहुउद्देश्यीय हलमा फर्निचर, फर्निसिङको काम गर्न बाँकी रहेको आयोजना प्रमुख पन्थीले बताए।

सम्मेलन केन्द्र तयार भएपछि बुटवलमा अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलनहरू गर्न सहज हुने भएको छ। चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ। सम्मेलन केन्द्रमा हेलिप्याडसमेत बनाइएको छ।

लिफ्टको सुविधा सहित निर्माण गरिएको सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्न मिल्ने गरी भौतिक संरचना तयार पारिएको छ। विद्युतका लागि छुट्टै सबस्टेसन राखिएको छ। ६सय ३० केभिए क्षमताको विद्युत् ट्रान्सफर्मर राखिएको छ।

खोनपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ। सम्मेलन केन्द्र प्रवेश गर्दा आकर्षक बनाउन केही भागमा दुवो लगाइएको छ भने सभाहल अगाडि पट्टी पोखरी निर्माण गरिएको छ। प्रवेश हुने र बाहिरिने गरी ५ वटा वटा अलग अलग गेट तयार पारिएको छ।

विशिष्ट प्रवेशद्वार र सर्भिस गेट पनि बनाइएको छ। बाँकी ३ वटामध्ये २ वटाबाट सम्मेलन केन्द्र प्रवेश गर्ने र एउटा गेटबाट बाहिरिने व्यवस्था मिलाइएको छ।

बाल उद्यान, कफी सप, रिफ्रेस हल, रजिस्ट्रेसन र टिकट काउण्टर समेत बनाइएको छ। सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्न मिल्ने गरी तयार भएको आयोजना प्रमुख पन्थीले बताए।

२०७१ साल पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र कोरोना महामारी र रुख कटानका कारण प्रभावित भएको थियो।

दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कार्तिकसम्मको समयअवधि तोकेर काम भएको हो। तर, तोकिएको समयमा काम नगरेपछि २०७९ साल कार्तिकसम्म म्याद थप गरिएको थियो।

थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न गरेको बुटवलसभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख पन्थीले बताए। सम्मेलन केन्द्र ९.६ बिगाहामा बनेको छ।

स्व. गिरिजाप्रसाद कोइराला तत्कालीन प्रधानमन्त्री रहँदा यहाँको जग्गालाई नेपाली सेनाबाट नगर मातहत ल्याइएको थियो। बुटवल मिलनचोक सडक डिभिजनको कम्पाउण्ड भित्र मेला महोत्सव गर्ने उद्योगी व्यवसायीहरूलाई जग्गा सानो भएपछिबाट बाहिर जग्गाको खोजी सुरु भएको हो।

यहाँको जग्गाको लागि तत्कालीन वनमन्त्री दिलेन्द्र बडु बुटवल आएको समयमा बुटवल उद्योग वाणिज्य संघ र नेपाली कांग्रेसले अन्तरक्रिया गरी जग्गा माग गरेका थिए। ३ स्थानमा हेरिएको जग्गामा यो क्षेत्रको जग्गा सबैभन्दा उत्कृष्ट ठानेर जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको बताउँछन् बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ।

बुटवल मण्डपको जग्गा प्राप्तिको लागि तत्कालिन सांसद स्व.सुर्यप्रसाद प्रधानलाई जग्गा प्राप्तिको संयोजक बनाएर अघि बढेको उनले बताए।

सम्मेलन केन्द्र तयार भएपनि यसको सञ्चालन कुन मोडलमा गर्ने भन्ने टुंगो लाग्न बाँकी छ।

सञ्चालन अधिकार लिनको लागि कार्यविधि बनाउनुपर्ने भएकोले अन्यौलता सिर्जना भएको आयोजना प्रमुख पन्थीले बताए।

उनले काठमाडौको सभागृह काठमाडौको स्थानीय तहले सञ्चालन गरेको बताउँदै पन्थीले यहाँ पनि बुटवल उपमहानगरले सञ्चालन गर्न सक्ने भएपनि कार्यविधि नबनेकोले सञ्चालन अन्यौल बनेको बताए।

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवल सम्मेलन केन्द्र बुटवलको सम्पत्तिका रूपमा रहने बताए। उनले सम्मेलन केन्द्रलाई संघीय सरकारले हस्तान्तरण गरेको खण्डमा व्यवस्थापन गर्न उपमहानगर तयार रहेको बताए।

‘यो सम्मेलन केन्द्र हाम्रै नगरमा छ। यो निर्माणको चरणमा पनि हाम्रै योगदान छ। सञ्चालनको अवसर पायौँ भने हामी यसको लागि तयार छौँ। उत्कृष्ट बनाएर देखाउँछौँ’,प्रमुख पाण्डेयले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?