महिला साफ च्याम्पियनसिप

पहिलो साफ, जहाँ नेपालले ३४ गोल गर्‍यो तर एक गोल खाँदा उपाधिविहीन बन्यो

पहिलो साफ, जहाँ नेपालले ३४ गोल गर्‍यो तर एक गोल खाँदा उपाधिविहीन बन्यो
+
-

काठमाडौँ – तत्कालीन प्रशिक्षक ध्रुव केसीलाई अहिले पनि महिला साफको चर्चा चल्नेबितिकै पहिलो साफ सम्झनामा आइहाल्छ। जतिबेला नेपाली महिला टिमले गोल नखाइ फाइनलसम्म पुगेको थियो। तर, फाइनलमा व्यहोरेको एक गोल उनको मानसपटलमा ताजै छ।

साफको पहिलो फाइनलमा पनि भारतमाथि नेपालले निरन्तर दबाब दिएको थियो। तर, दुर्भाग्य दोस्रो हाफमा भारतले एक गोल गर्‍यो। जुन गोल नै नेपाललाई साफको पहिलो उपाधिबाट वञ्चित गर्न पर्याप्त भयो।

केसी भन्छन्, ‘हाम्रो दुर्भाग्य भनौँ, दोस्रो हाफमा अनु लामालाई डी बक्समा लडाउँदा पनि हामीलाई पेनाल्टी दिएन। जसले खेलाडी हतास बने। लगतै भारतले फ्रिकिक पायो, जसलाई भारतकी सस्मिता मलिकले सानदार फ्रिकिक प्रहार गर्दै गोल गरिन्। केसी भन्छन्, ‘त्यो फ्रिकिक उत्कृष्ट थियो।’

त्यही एक गोल नै नेपाललाई पहिलो साफ गुमाउन पर्‍याप्त बन्यो। त्यसो त भारतसँगको पहिलो साफ महिला फुटबलको फाइनलमा भने पहिलो थिएन। सोही वर्ष भएको ११ औँ सागमा नेपाल र भारत स्वर्णका लागि भिडेका थिए। फेब्रुअरीमा भएको सो प्रतियोगिताको फाइनलमा नेपालले सुरुवाति अग्रताका बाबजुत दोस्रो हाफमा खेल ३-१ ले गुमाउन पुग्यो।

तनावपूर्ण फाइनलमा  भारतले बाजी मारेको थियो। ‘हामीले सागमा एक गोलको अग्रता बनाएर खेल आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका थियौँ तर हामीविरुद्ध अनावश्यक पेनाल्टी दिँदा खेल तनावपूर्ण बन्यो,’ तत्कालीन कप्तान जमुना गुरुङ भन्छिन्, ‘त्यसको बदलाका लागि हामी पुनः एकपटक पहिलो साफको फाइनलमा थियौँ,  मैदानमा भारत नै प्रतिद्वन्द्वी हुँदा हामीमा उत्साह र हराउन सक्छौँ भन्ने आत्माविश्वास थियो। तर, सो फाइनल पनि हाम्रा लागि दुर्भाग्य बन्यो।’

यद्यपि, पहिलो साफको फाइनलसम्मको यात्रा र भारतविरुद्ध नेपाली खेलाडीले गरेको संघर्ष र सफलतालाई उनी उत्कृष्ट मान्छिन्।

दक्षिण एसियाली खेलकुदमा भोगेको हारको बदलाका लागि १० महिनापछि नेपाल साफ च्याम्पियनसिपमा मैदानमा थियो। तर, त्यो खेलमा पनि नेपालले दबाब त दियो तर बदला लिन सकेन।

त्यो श्रृंखला दोहोरिएको पनि अब १२ वर्ष भएको छ। तर, कथा फेरिएको छैन। भारतसँग नेपालको हारको श्रृंखला जारी छ। छैटौं पल्ट महिला साफ च्याम्पियनसीप सुरु हुनुअघि नेपालले १२ वर्षअघि बंगलादेशमा भएको पहिलो महिला साफ सम्झिँदा नेपाली दर्शकलाई फेरि एकपटक भारतलाई पराजित गर्ने हुटहुटी जाग्छ।

पहिलो साफमै सनसनीपूर्ण प्रदर्शन गरेर एक गोल पनि नखाइ फाइनल पुगेको नेपालले भारतविरुद्ध फाइनलमा खाएको एक गोलले नेपालको पहिलो सहभागितामा नै उपाधि जित्ने सपनाको त अन्त गर्‍यो नै, लगातारको फराकिलो जितको खुसीलाई पनि छायामा पर्‍यो।

पहिलो साफको सुरुवात नेपालको दमदार थियो। २०१० को डिसेम्बर १२ मा प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सविरुद्ध आधा दर्जन (६) गोल गर्दै प्रतियोगितामा धमाकेदार सुरुवात गर्‍यो। दोस्रो खेलमा त नेपाल झनै आक्रम रह्यो। अफगानिस्तानलाई १३-० ले पराजित गर्दै नेपालले आफ्नो रवाफ जारी राख्यो।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १ दर्जन (१२) गोल गर्‍यो। समग्रमा नेपालले समूह चरणमा ३१ गोल गर्‍यो। सेमिफाइनलमा आयोजक बंगलादेशविरुद्ध ३ गोल गर्दै खेलमा ३-० को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो।

उत्कृष्ट प्रदर्शनले उत्साही बनेको नेपालका लागि भारत उपाधिका लागि मैदानमा थियो। तर, भारतले नेपालविरुद्ध १ मात्र गोल गर्दै पहिलो साफको उपाधि जित्यो।

त्यो समयको साफ र अन्तराष्ट्रिय महिला फुटबलमा नेपालको उपस्थिति आफैमा अर्थपूर्ण थियो। प्रशिक्षक केसी भन्छन्, ‘यस्तो समय थियो कि खेलाडीहरु बल होल्ड गर्नै डराउँथे। उनीहरु बल खुट्टामा पर्ने साथ अर्कोलाई दिइहाल्थे। खेलाडीमा उत्साहत थियो तर डर धेरै थियो। जसलाई निखार्न ठूलो संघर्ष गर्नु परेको थियो।’

केसी थप्छन्, ‘अहिलेजस्तो टेक्निकल अवस्था नभए पनि तत्कालीन खेलाडीमा स्टामिना र स्ट्रेन्थ थियो। जसले गर्दा उनीहरु विपक्षीविरुद्ध शारीरिक रुपमा बलिया हुन्थे। त्यसको फाइदा नेपालले उठाएको थियो।’

तत्कालीन कप्तान गुरुङ पनि नेपाली खेलाडी अहिले पनि भारतलाई जित्न सक्ने क्षमता भएको मान्छिन्। उनी भन्छिन्, ‘नेपाली खेलाडीमा  भारतलाई पराजित गर्ने क्षमता छ तर नेपालले तयारी बढाउनु पर्छ। भारतको महिला टिमको ग्रासरुटदेखि नै अवस्था सुध्रदै गएको छ। हामीले ग्रासरुट महिला फुटबललाई विकासको रुपमा स्थापित नै गर्न सकेका छैनौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?