
काठमाडौँ– गरिमा विकास विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने गरी मामालामाल मुद्धति योजना सार्वजनिक गरेको छ।
महामारीपछिको बढ्दो मुद्रास्फितिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको छ जसले गर्दा उनीहरु कम ब्याजदरमा वचत गर्न अरुचि देखाइरहेको अवस्थामा यस विकास बैंकले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना सार्वजनिक गरेको हो।
साथै, यस विकास बैंकको यो योजनाले भावी दिनमा आम नेपालीहरुको जिविका सहजगर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास राखेको छ।