ब्रतालु भन्छन्- ‘तीजमा पश्चिमा संस्कृति हाबी हुन दिनु हुँदैन’

ब्रतालु भन्छन्- ‘तीजमा पश्चिमा संस्कृति हाबी हुन दिनु हुँदैन’
+
-

काठमाडौँ- मंगलबार हिन्दू नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज हर्षल्लासका साथ मनाइएको छ।

आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रही आएको छ।

तीजको अवसरमा देशभरमा मन्दिरहरुमा ब्रतालुहरुको घुइँचो लागेको थियो। पशुपतिनाथ मन्दिरमा पनि देशभरबाट दर्शन गर्न आउने भक्तजनहरुको घुइँचो थियो।

पशुपति क्षेत्र विकास कोषले यस वर्ष तीजको अवसरमा पशुपतिनाथको दर्शनमा आउने ब्रतालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका दिनभरका लागि खुल्ला गरेको थियो।

गत बर्षहरु जस्तो लामो लाइन बस्नुपर्ने बाध्यता नभएका कारण सह जभएको ब्रतालुहरुले बताएका छन्।

पशुपति परिसरमा भेटिएका ब्रतालुहरु भने तीजलाई भड्कालु बनाउन नहुने बताउछन्।

‘तीज हामी हिन्दु महिलाहरुको महान् पर्व हो यो पर्वमा पश्चिमा संस्कृति हाबी हुन दिनु हुँदैन,’ उनी भन्छिन्, ‘सबैभन्दा पहिले त हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई बिर्सिनु हुँदैन।’

त्यस्तै मन्दिर परिसरमा भेटिएकी अर्की ब्रतालु महिला आफुहरुलाई तीज पर्व अन्य पर्वभन्दा धेरै मनपर्ने बताउँछिन्।

‘तीज पर्वको आफ्नै छुट्टै महत्व छ। त्यति मात्र होइन, यो पर्वमा दिदी बहिनी भेला हुने, नाचगान रमाइलो गर्ने भएकोले पनि मलाई तीज धेरै मन पर्छ,’ उनी खुसी हुँदै भन्छिन्, ‘हामी नेपालीहरुको हरेक चाडपर्वसँग केही न केही धार्मीक विश्वास जोडिएको छ त्यसैले हामीले तीजलाई उच्छृंखल बनाउनु हुँदैन।’

त्यस्तै अर्की ब्रतालु भने आफ्नो श्रीमान्‌को लामो आयुको लागि ब्रत बसेको बताउँछिन्।

उनी भन्छन्, ‘आजको दिन विवाहित महिलाले आफ्नो श्रीमान्‌को लामो आयुको लागि र अविवाहितले राम्रो पति पाउने विश्वासका साथ ब्रत बस्ने चलन छ, त्यसैले मैले पनि मेरो श्रीमान्‌को लामो आयुको लागि ब्रतसेको हुँ। यस पर्वको धार्मिक मान्यता पनि महत्वपूर्ण नै छ।’

पशुपतिनाथको पूर्वी मूलढोका दिनभरका लागी १५ वर्षपछि खुला गरिएको थियो।

पशुपतिनाथको पूर्वी ढोका विसं २०६५ पछि पहिलोपटक खुला गरिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो ।

यस वर्ष कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

मूल मन्दिरभित्र भने सुरक्षाकर्मी र स्वयंसेवक दुवै महिला नै परिचालन गरिएको थियो।

तीजको अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको संस्कृतविद्हरू बताउँछन् ।

आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाएका थिए । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लागेको थियो।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।

अटल सौभाग्यको कामनाका लागि व्रत बस्ने गरिएको छ। समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्ने प्रचलन रही आएको छ। विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने चलन छ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

पशुपति परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल पुलिसका अस्पतालले निस्शुल्क स्वास्थ्य शिविरसमेत राखेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?