पल शाहविरुद्धको मुद्दाको सुनुवाइ आज पनि भएन

पल शाहविरुद्धको मुद्दाको सुनुवाइ आज पनि भएन
+
-

काठमाडौँ – अभिनेता पल शाहमाथि लागेको बलात्कार आरोपको मुद्दामा आज तोकिएको सुनुवाइ स्थगित भएको छ। बलात्कार मुद्दामा पक्राउ परेका शाहको आज जिल्ला अदालत तनहुँमा पेशी तोकिएको थियो।

गोलाप्रथा गर्दा शाहको मुद्दा नपरेपछि आजलाई स्थगित भएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले बताएका छन्।

उनी भन्छन्, ‘आज पेशी तोकिएको थियो तर गोलाप्रथा गर्दा उहाँको मुद्दा नपरेपछि आजलाई स्थगित भएको हो।’

नाबालिगलाई बलात्कार गरेको आरोपमा शाह ५ महिनाअघि पक्राउ परेका हुन्। उनी पुर्पक्षका लागि तनहुँ कारागारमा छन्।

नाबालिकामाथि जबरजस्ती करणी गरेको भन्दै ११ फागुनमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। शाहले भने १५ फागुनमा प्रहरीसामु आत्मसमर्पण गरेका थिए।

शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ। नवलपुर अदालतले भने २१ भदौका लागि पेशी तोकेको छ। त्यसअघि भदौ ८ गते तोकिएको पेसी शाहकै वकिलको आग्रहमा स्थगित भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?