नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य

नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य
+
-

नेपालगञ्ज– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन् ।

१५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन् ।

पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृति हराउँदै गइरहेको प्रति दुःख ब्यक्त गर्र्दै मन्त्री अथकले पुस्तकालयलाई प्रविधिसँग जोडेर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ ध्यन केन्द्रित गर्नुपर्ने धारणा राखे । ुपछिल्लो पुस्ता पुस्तक अध्ययनमा भन्दा बढि सामाजिक सञ्जालमा रमाउन थालेका छन्ु मन्त्री अथकले भने, ुआजको युगसँग पुस्तकालयलाई कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ ।ु

उनले पुस्तकालयलाई जीवन र जगतका बारेमा अध्ययन गर्ने थलोका रुपमा समेत बुभ्mन जरुरी रहेको बताए ।
ज्ञानोदय सामुदायीक पुस्तकालयलाई थप ब्यवस्थित र सुदृढ गर्न आवश्यक रहेको जिकिर गर्दै मन्त्री अथकले थप भौतिक संरचना निर्माणकालागि स्रोत ब्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका ३ जना विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरिएको थियो भने पुस्तकालय दिवसकै अवसरमा आयोजित खुल्ला कबिता प्रतियोगिताका बिजयीहरुलाई समेत पुरस्कृत गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष