किशोरकिशोरी प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको अनुमान

किशोरीको सुसाइड नोट: ममी मैले गल्ती गरेँ, मलाई माफ गरिदिनू

किशोरीको सुसाइड नोट: ममी मैले गल्ती गरेँ, मलाई माफ गरिदिनू
+
-

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा निर्माणाधीन साढे ६ तले घरबाट हामफालेर किशोरकिशोरीको बुधबार साँझ मृत्यु भयो।

प्रहरीका अनुसार उक्त निर्माणाधीन घरको छैँटाैँ तलामा रहेका ती किशोरकिशोरीको खसेर ज्यान गुमेको हो। उनीहरूको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपि दिनेश राज मैनालीले बताएका छन्।

उनीहरू दुवैजना मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा-९ मा अध्ययनरत थिए।

भारतको बिहार स्थायी घर भइ काठमाडौंको पेप्सीकोलामा बस्दै आएका १४ वर्षीय किशोर र काठमाडौँकै घट्टेकुलो बस्दै आएकी १४ वर्षीया किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार उनीहरू दुवैजना विद्यालय पोशाकमा स्कुल गएका थिए। विद्यालय पोशाकमै उनीहरूले निर्माणाधिन घरबाट हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन्।

प्रहरीले मृत किशोरीको ‘स्कुल ‘ब्याग’मा ‘सुसाइड नोट’ भेटिएको बताएको छ। अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘किशोरीको ब्यागमा सुसाइड नोट भेटिएको छ। सुसाइड नोटमा ममी मैले गल्ती गरेँ मलाई माफ गरिदिनु लगायतका कुराहरू लेखिएको छ।’

यद्यपि घटना र सुसाइड नोटबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरू दुईजना प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रेम सम्बन्धमा रहेकै कारण उनीहरूबीच विवाद हुँदा आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको ती अधिकारीले बताएका छन्।

प्रहरीले घटनास्थल वरपरको सीसीटीभी फुटेज संकलन गरिरहेको र घटनाको प्राविधिक पाटोबाट समेत अनुसन्धान भइरहेको परिसरका एसपी मैनालीले बताएका छन्। मैनालीका अनुसार उनीहरू विद्यालय पोशाकमै कसरी त्यहाँसम्म पुगे? कसरी आत्महत्याको बाटो रोजे लगायतका कुराहरूबारे भने अनुसन्धान भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?