
काठमाडौँ- काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड हटाएको छ ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले आज दिउँसो डिजिटल बोर्ड हटाएको हो । महानगरले मापदण्डविपरीत लगाइएका बोर्डहरूलाई हटाउने कामलाई तीव्रता दिएको छ ।
वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जनाएको छ ।
नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले आजबाट होर्डिङ बोर्ड पनि हटाउन थालेको हो ।