सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा व्यवहार गरेनः खिमलाल भट्टराई

सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा व्यवहार गरेनः खिमलाल भट्टराई
+
-

काठमाडौँ–राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा नमानेको बताएका छन्।

शुक्रवार राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रपति व्यक्तिको रुपमा नभई देशको सर्वोच्च संस्था, गणतन्त्रको प्रतिक र राजनीतिक प्रतिद्वन्द्व भन्दा माथिको संस्था भएपनि सरकार, सभामुख र गठबन्धनका नेताहरुले त्यस अनुरुप व्यवहार नगरेको बताएका हुन्।

उनले सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा व्यवहार नगरेको बताए।

उनले भने, ‘मेरो विचारमा राष्ट्रपति देशको एउटा सर्वोच्च संस्था हो। गणतन्त्रको प्रतिक हो। र राजनीतिक प्रतिद्वन्दीता भन्दा माथिको संस्था हो यो। र यो स्वरुपमा व्यक्ति भएपनि सारमा यो एउटा संस्थाको रुपमा रहेको हुन्छ। आजको सत्तापक्षले, यो गठबन्धनले, सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा व्यवहार गरिराखेको छ कि छैन? मैले हेर्दा संस्थाको रुपमा व्यवहार गरेको देखिराखेको छैन। नागरिकताको विषयमा जुन प्रश्न उठाउनुभयो, सन्देश पठाउनुभयो, त्यसपछि जस्तो खालको व्यवहार सत्तापक्षले देखायो, यो असाध्यै गैरजिम्मेवार, सत्ता गठबन्धनका नेताहरु, सरकार, प्रधानमन्त्री, प्रतिनिधि सभाको सभामुख उहाँहरुले जुन ढंगको व्यवहार देखाउनुभयो यसले राष्ट्रपतिलाई संस्थाको रुपमा मानेको देखिएन।’

उनले सभामुख अग्निप्रसाद सापकोटाले संस्थागत भुमिका निर्वाह गर्न नसकेको बताए।सभामुख सापकोटा रिमोटबाट चलेको आरोप उनले लगाए। सभामुखले गठबन्धनको निर्णय हुबहु कार्यान्वयन गराएको र संसदको गरिमा र महत्व घटाएको उनको भनाई छ।

सभामुखको दायित्व सबैसँग समन्वय गर्नुपर्ने भएपनि सो दायित्व पूरा हुन नसकेको उनले उल्लेख गरे।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’