काठमाडौँ– महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभई व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताएका छन्।
शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। महानायक हमालले कतिपय ठाउँमा पुस्तकमा आफूसँग मेल नखाने परिवेश र सोचाइ हुने भन्दै पुस्तकमा व्यक्त गरिएको शब्दको भावनामा डुबेर पुस्तक अध्ययन गर्न सुझाव दिए।
उनले कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको पुस्तकले आफ्नै भावना र सोच बुझ्न मद्दत पुर्याउने बताए।
महानायक हमालले पुस्तकमा अध्येताले आफ्नै सोच, आफ्नै परिवेश जस्तो खोज्न बेकार रहको बताए। हरेक राम्रा पुस्तकले आफ्ना अनुभवलाई बढाएर हेर्ने कुरामा जोड दिने गरेको बताए।
उनले भने, ‘पुस्तक पढ्दा यथार्थ र वास्तविकता खोज्ने होइन, त्यसको भावना के हो त्यो बुझ्नुपर्छ। कतिपय ठाउँमा पुस्तकमा तपाईको परिवेश भन्दा अलग्गै परिवेश पनि हुनसक्छ। सोचाइ फरक हुनसक्छ। तर कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको छ भने आफ्नै भावना र सोच बुझ्न मद्दत गर्छ। पुस्तकमा हामीले आफ्नै सोच, आफ्नै परिवेश जस्तो खोज्न पनि बेकार छ। तर पुस्तकमा दर्शाइएको सोच र परिवेशले आफ्नै सोच र परिवेशलाई बुझ्ने मद्दत दिलायो वा दिलाएन त्यसमा भर पर्छ। आफ्नै अनुभवलाई बढाएर हेर्नेकुरा दिलायो कि दिलाएन ? भन्ने ठूलो कुरा हो।’
महानायक हमालले पुस्तक बाआमाले आफ्नो जीवनकालका हरेक अनुभवलाई पुनः स्मरण गराएको बताए।

भर्खरै
लोकप्रिय






































































































































































































