कुलमान र प्रचण्डद्वारा विजुलीको तार भूमिगत गर्ने परियोजनाको शिलान्यास

कुलमान र प्रचण्डद्वारा विजुलीको तार भूमिगत गर्ने परियोजनाको शिलान्यास
+
-

चितवन – पोखरादेखि भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शिलान्यास गरेका छन्।

शनिबार एक कार्यक्रमबीच भरतपुर ओरालोमा विजुलीका तार भूमिगत गर्ने परियोजनाको उनीहरुले शिलान्यास गरेका हुन्।

प्रचण्ड र घिसिङले गैँचीले खनेर शिलान्यास गरेका हुन्। उक्त आयोजना अन्तर्गत पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका अन्तर्गतका मूख्य सडकहरू विजुलीका तार भूमिगत गरिने विद्युत् प्राधिकरणले जनाएको छ। शिलान्यास कार्यक्रमपछि बोल्दै प्रचण्डले भरतपुरबाट देशभर विकास र समृद्धिको सन्देश दिने आफ्नो संकल्प रहेको बताए।

करिब तीन अर्बको लागतमा बन्ने उक्त आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ। पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना २०२४ जनवरी १९ मा सम्पन्न गरिसक्नुपर्ने आयोजना निर्माणको जिम्मा श्री टाटा प्रोजेक्ट्स भारतले पाएको छ। उक्त आयोजनाको सम्झौता २०२२ जनवरी २० तारिखमा भएको थियो।

शिलान्यास कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बागमती प्रदेशका यातायात मन्त्री घनश्याम दाहाल सहभागी थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’