सुर्खेत – चार दिनदेखि सुत्केरी व्यथा लागेपनि बच्चा जन्माउन नसकेकी जाजरकोट नलगाड नगरपालिका- ८ की २७ वर्षीया लक्ष्मी ओलीलाई हवाइ उद्धार गरिएको छ।
ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाइ बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरि प्रदेश अस्पताल सुर्खेत ल्याएको हो।
सुत्केरी बेथा लागेर दल्लीस्थित नगर अस्पतालमा ल्याएर चार दिनसम्म उपचार गर्दापनि सुत्केरी हुन नसकेपछि प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु गरेकाेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले जानकारी दिए।

भर्खरै
लोकप्रिय






































































































































































































