मापसे गरी ट्याक्सी चलाउने दुई चालक पक्राउ

मापसे गरी ट्याक्सी चलाउने दुई चालक पक्राउ
+
-

काठमाडाैँ – मदिरा सेवन (मापसे) गरी ट्याक्सी चलाउँदै गरेका दुई जना चालकलाई ट्राफिक प्रहरी पक्राउ गरेकाे छ। प्रहरीले गएराती करिब ९ बजे मापसे गरी भाडाको ट्याक्सी चलाउँदै अभद्र व्यवहार गर्ने दुई चालकलाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनार रहेका छन्। काठमाडौँको सुकेधाराबाट पक्राउ परेका उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि महाराजगञ्ज वृत पठाइएको छ।

यस्तै, प्रहरीले काठमाडौँको कीर्तिपुरबाट बा २ ज ६५४ नम्बरको ट्याक्सी चलाउँदै गरेका ललितपुर उपमहानगरपालिका ९ बस्ने ४६ वर्षीय राजेन्द्र महर्जनलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुर बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन्।

मापसे गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा आवश्यक कागजपत्र नदिनुका साथै ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार समेत गरेका थिए।

प्रहरी वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्धा चलाउन म्याद थपका लागि आजै जिल्ला अदालत पठाइएको छ।

सार्वजनिक सवारी साधनका चालकहरुले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागि ट्राफिक चेकजाँचलाई तीव्रता दिइएकोसमेत प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’