
मुम्बई – अभिनेता विजय देवरकोण्डा स्टारर फिल्म ‘लाइगर’ले बक्सअफिसमा निर्मातालाई नै नराम्रो पछार्यो।
फिल्म चल्नेमा अभिनेता विजय निकै विश्वस्त थिए। उनले फिल्मलाई बहिष्कार गर्ने व्यक्तिहरुलाई चुनौतीसमेत दिएका थिए। तर सोचेजस्तो भइदिएन। सोही कारण फिल्म बक्सअफिसमा फ्लप साबित भयो।
अहिले यिनै विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। यो फिल्म सय करोडबढी बजेटमा बनेको थियो। तर फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन। यही कारण विजयले निर्मातालाई ६ करोड बढी पैसा फिर्ता दिने निर्णय लिएका छन्।
विजयले चार्मी कौर र अर्का सहनिर्मातालाई सहयोग गर्ने घोषणा गरेका हुन्। विजय आगामी प्रोजेक्ट ‘जन गण मन’ निर्देशक पुरी जगन्नाठका साथ गर्दैछन्।
‘लाइगर’ बक्सअफिसमा असफल भएपछि यसको असर उनको आगामी फिल्मलाई पनि पर्ने देखिन्छ।
निर्माताले ‘लाइगर’ असफल भएको देखेपछि ‘जन गण मन’ को बजेट पनि केही कम गरेका छन्।
विजय र जगन्नाठले फिल्मको पारिश्रमिक नलिने निर्णय लिएका छन्। तर फिल्म सफल भएमा त्यसको नाफाको केही हिस्सा विजयको पनि हुनेछ।