प्रतिप्लेटका साथै प्रतिहाफ केजी, प्रतिकेजीमा पनि उपलब्ध

सेकुवा पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्किँदै ‘झिर’

सेकुवा पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्किँदै ‘झिर’
+
-

काठमाडौँ – तपाईं सेकुवाको पारखी हुनुहुन्छ? अनि सेकुवा खानकै लागि महँगो पैसा तिरेर रेष्टुरेन्ट धाइरहनुभएको छ? त्यसो हो भने तपाईं पक्कै पनि गलत गर्दै हुनुहुन्छ। सस्तोमा मीठो सेकुवा खुवाउने उदेश्यसहित झिर रेष्टुरेन्टले विगत एक वर्षदेखि सेवा दिँदै आइरहेको छ।

सेकुवा पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्कने उद्देश्यका साथ  शंखमुल कोरिडोरमा गत वर्ष वैशाखबाट झिर रेस्टुरेण्ट सञ्चालनमा आएको हो।

बेलायतबाट स्नातकोत्तर अध्ययन सकेर विश्वचर्चित चेन रेस्टुरेण्ट न्यान्डोजमा पाँच वर्ष काम गरेर नेपाल फर्किएका सञ्जीव तिमिल्सिनासँग नेपालको प्रख्यात चेन रेस्टुरेण्ट बाजेको सेकुवामा पाँच वर्ष काम गरेको अनुभव पनि थियो। तिमिल्सिनाले आफ्नो अनुभवका आधारमा नै झिर संचालनमा ल्याएका हुन्।

बाजेको सेकुवामा काम गर्दागर्दै उनलाई अब आफ्नै केही गर्नुपर्छ भन्ने सोच आयो। उनी विदेशमा बसेर अध्ययनसँगै काम गरिरहँदादेखि नै नेपालमा चेन मोडलको केही व्यवसाय गर्छु भन्ने सोच थियो।

‘बाहिर हुँदादेखि नै नेपाल गएर चेन मोडलको केही व्यवसायको सुरुवात गर्छु भन्ने सोच थियो। यही क्षेत्रमा आफ्नो अनुभव पनि थियो, त्यसैले मैले यही क्षेत्र रोजेँ,’ उनी भन्छन्, ‘नेपालमा बसेर बाजेको सेकुवामा काम गर्दा एक–दुई वटा फ्रेञ्चाइज विस्तार गर्न मैले पनि सघाएको थिएँ। त्यसैले मलाई अनुभव थियो, जसले गरेर पनि मलाई सजिलो भयो।’

रेष्टुरेण्टमा ग्राहकले सस्तोमा मीठो सेकुवाको स्वाद चाख्न पाउने उनी बताउँछन्। उनका अनुसार झिरमा ग्राहकहरूले विशेष गरी मटन, चिकेन तथा पोर्कको पोलेको मासुका परिकारहरूको मज्जा लिन सक्नेछन्। यस्ता परिकारहरू प्रतिप्लेटका साथसाथै प्रतिहाफ केजी, प्रतिकेजीमा पनि उपलब्ध हुन्छ।

‘हामीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर प्रतिप्लेटका साथसाथै प्रतिहाफ केजी, प्रतिकेजीमा उपलब्ध गराउँदै आएका छौँ,’ उनी भन्छन्, ‘एक्लै आउने ग्राहकहरुका लागि प्रतिप्लेट सहज हुने भए पनि जो फेमेलीसँग वा साथीभाइहरुसँग आएर खानुहुन्छ उहाँहरुलाई प्रतिहाफ केजी र प्रतिकेजीमा सहज हुन्छ। उहाँहरुले त्यो अनुसारले नै अडर गर्नुहुन्छ।’

सेकुवाको व्यापार कहिल्यै नरोकिने उनी बताउँछन्। ‘नेपाली बजारमा सेकुवा भनेको सदाबहार चलिरहने व्यवसाय हो। यसको व्यपार कहिल्यै पनि रोकिँदैन, मीठो सेकुवा खुवाउन सकियो भने मान्छेहरु आउँछन् भन्ने सोचाइका साथ झिर संचालनमा ल्याइएको हो,’ उनी भन्छन्, ‘सेकुवासँगै त्योसँग मिल्ने भनेको रक्सी हो। त्यसैले रक्सी चाहिँ सस्तोमा दिन सक्यो भने ग्राहाकहरु आउँछन् भन्ने सोचले नै सुरुवात गरेका हौँ। यहाँ आउनुहुने ग्राहकहरुले हामीलाई मन पराउनुभएको पनि यिनै कुराहरुले हो।’

‘मीठो र सस्तो सेकुवा’ भन्ने स्लोगानसहित मासुका पारखीका लागि सेकुवा रेस्टुरेन्ट सञ्चालनमा ल्याएको तिमिल्सिनाले बताउँछन्। खानाको प्रस्तुतिमा समेत ग्राहकहरुले विल्कुलै फरकपन पाउने बताइएको छ।

त्यति मात्र नभइ रेस्टुरेण्टमा पेय पदार्थहरू पनि एमआरपी मूल्यमा पाइने उनी बताउँछन्। सम्भवतः पेय पदार्थहरु एमआरपी मूल्यमै पाइने झिर नै पहिलो रेष्टुरेण्ट भएको उनको दाबी छ।

झिरमा काम गर्ने हरेक व्यक्तिहरु भोलिका झिरका साहु हुने उनी बताउँछन्। ‘मेरोमा काम गर्ने सबैजना भोलि आफै म पनि झिर चलाउँछु भन्नेहरु हुनुहुन्छ,’ उनी भन्छन्,’यहाँबाट छोडेर जाँदा आफ्नै केही गर्छु भन्दा झिर नै खोल्छु भन्ने सोच भएका भाइहरु मसँग अहिले काममा हुनुहुन्छ।’

झिरको नामाकरण कसरी भयो? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘हामी नेपालीहरुको सेकुवा खाने संस्कार भनेकै झिरमा मासु उनेर त्यसलाई आगोमा पोलेर वा आगोको रापमा सेकाएर खाने भन्ने नै हो। त्यसैले नेपालीपनको महसुस गराउन पनि झिर नाम राखिएको हो।’

आफूले झिर संचालनमा ल्याउनुभन्दा एक वर्षअघि नै ‘मेनु’ तयार पारेको उनी बताउँछन्। ‘अरुले चाहिँ रेष्टुरेन्ट संचालनमा ल्याइसकेपछि बल्ल के–के राख्ने भनेर ‘मेनु’ बनाउँछन् तर मसँग चाहिँ एक वर्षअघिबाट नै तयार थियो,’ उनी भन्छन्, ‘हामीसँग सीमित मेनु छन्, जसले गर्दा हामीलाई काममा पनि सहज त भएकै छ, त्योसँगै हामीले क्वालिटीमा पनि ध्यान दिन पाएका छौँ।’

थोरै लगानी, स्तरीय पद्धति, स्वदेश तथा विदेशको अनुभवका साथ स्थापना भएको झिर स्थापना भएको एक वर्षको छोटो समयमा नै फ्रेन्चाइज मोडेलमा गइसकेको छ।

शंखमुलमा अवस्थित झिर रेष्टुरेण्टले व्यावसाय विस्तारको क्रममा आफ्नो पहिलो फ्रेञ्चाइज काठमाडौँको कालोपुलमा सञ्चालनमा ल्याइसकेको छ।

सञ्चालनमा आएको छोटो समयमै झिरले ग्राहकहरुको मन जित्न सफल भएको र उत्कृष्ट व्यापार पनि गरिरहेको उनको भनाइ छ। त्यसैको फलस्वरुप झिरको फ्रेञ्चाइज लिन लगानीकर्ताको उत्सुकता तिमिल्सिनाले महसुस गरे। नभन्दै गत चैतमा सुरेन्द्र साउदले तोकिएको फ्रेञ्चाइज शुल्क दिइ र फ्रेञ्चाइजका अन्य सर्तहरुसहित पहिलो फ्रेञ्चाइज सम्झौता भयो।

उनी भन्छन्, ‘एउटा रेष्टुरेण्ट सञ्चालनको लागि ४० देखि ४५ लाख रुपैयाँसम्म प्रारम्भिक लगानी आवश्यक पर्छ भने अहिलेको व्यापारलाई आधार मान्दा दुई वर्षभन्दा कम समयमा नै लगानी उठाउन सकिन्छ।’

त्यस्तै, काठमाडौँकै इमाडोल, कलंकीलगायतका विभिन्न स्थानमा समेत फ्रेञ्चाइजको तयारी भइरहेको उनी बताउँछन्।

थोरै लगानी, स्तरीय पद्धति, स्वदेश तथा विदेशको अनुभवका साथ स्थापना भएको झिरलाई फ्रञ्चाइज मोडेलमा काठमाडौँलगायत देशभरकै प्रमुख शहरहरुमा विस्तार गर्ने योजना रहेको सञ्चालक तिमिल्सिनाले बताए। उद्यमी बन्न चाहने व्यक्तिका लागि झिर उपयुक्त माध्यम हुने उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?