
काठमाडाैँ – काठमाडौँको नयाँ बानेश्वरमा बिजुलीको पोलमा मंगलबार बिहान अचानक आगलागी भएको छ।
स्थानीयका अनुसार आज बिहान करिब ८:२० बजेकाे समयमा अचानक बिजुलीको पोलमा रहेका तारमा आगाे लागेकाे हाे।
पाेलमा अचानक आगलागी भएपछि स्थानीयले नियन्त्रणमा लिन खाेजेपनि नसकेपछि नेपाल प्रहरी र काठमाडाैँ महानगरपालिकालाई खबर गरेका थिए।
स्थानीयका अनुसार यतिबेला स्थानीय, नेपाल प्रहरी र महानगरकाकाे टाेलीले दमकलकाे सहायतामा आगाे नियन्त्रणामा लिइसकेकाे छ।
आगाेका कारण केहीबेर साे क्षेत्र तनावग्रस्त भएकाे स्थानीयकाे भनाइ छ।
आगलागीबाट के-कति क्षति भयाे भन्ने बारे हालसम्म कुनै जानकारी आएकाे छैन।