प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुख पाण्डेबीच २५ मिनेट कुराकानी

प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुख पाण्डेबीच २५ मिनेट कुराकानी
+
-

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

आज अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन्।

सेनाका प्रमुख जनरल पाण्डे र प्रधानमन्त्री देउवाबीच करिब २५ मिनेट भेटवार्ता भएको हो।

पाँच दिने भ्रमणका क्रममा उनले आजै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यतालिका रहेको छ। यसका साथै उनी साँझ करिब ६ बजे पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम रहेको छ।

यसअघि हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पाण्डेलाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।

सेनाध्यक्ष पाण्डे नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा औपचारिक भ्रमणका लागि काठमाडौँ आएका हुन्।

नेपाल सरकारले भारतीय सेनामा नेपाली युवा अर्थात् गोर्खा भर्तीलाई लिएर थप स्पष्ट हुन चाहेको समयमा पाण्डेको भ्रमण भइरहेको हो।

भारतले ल्याएको नयाँ अग्निपथ योजना अन्तर्गतको भर्ती प्रक्रियालाई सन् १९४७ मा नेपाल भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिले नसमेट्ने भन्दै नेपालले हाललाई गोर्खा भर्ती स्थगन गरेको छ।

 

तस्बिरहरु: बर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?