प्रहरी भन्छ-सन्दीप लामिछानेमाथि सूक्ष्म अनुसन्धान भइरहेकाे छ

प्रहरी भन्छ-सन्दीप लामिछानेमाथि सूक्ष्म अनुसन्धान भइरहेकाे छ
+
-

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्‍तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी कसूरमा अनुसन्धान भइरहेकाे प्रहरी वृत्त गौशालाले बताएकाे छ।

प्रहरीले विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर, काठमाडाैँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीद्वारा कप्तान लामिछानेमाथि सुक्ष्म अनुसन्धान भइरहेकाे जनाएकाे हाे।

प्रहरीका अनुसार ती किशाेरीले सन्दीपले भदाै ५ गते दिनभर काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौँ ल्याई सिनामंगलको एक होटलको कोठा नम्बर ३०५ मा भदौ ६ गते बिहान साढे १२ बजे बलात्कार गरेका जाहेरी दिएकी थिइन्।

उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको पनि प्रहरीले जनाएकाे छ।

लामिछानेविरुद्ध सोमबार प्रहरीमा उजुरी परेको थियाे। उनी अहिले नेपालबाहिर छन्। अनुसन्धानका लागि आवश्यक परेकाे अवस्थामा सन्दीपलाई इन्टरपोलको सहयोगमार्फत नेपाल झिकाइने पनि प्रहरीले जनाएकाे छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’