क्यान भन्छ- कप्तानको जिम्मेवारीमा रहेका खेलाडीलाई २४ सै घन्टा निगरानी गर्ने कुरा हुँदैन

क्यान भन्छ- कप्तानको जिम्मेवारीमा रहेका खेलाडीलाई २४ सै घन्टा निगरानी गर्ने कुरा हुँदैन
+
-

काठमाडाैँ- कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार गौशाला प्रहरी वृत्तमा बलात्कारको उजुरी परेपछि अहिले सन्दीपविरुद्ध चौतर्फी आलोचना भइरहेको छ।

प्रहरीले कप्तान सन्दीप लामिछानेविरुद्ध जवर्जस्ती करणी कसूरमा गौशालामा उजुरी परेको भन्दै उनीविरुद्ध शुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ। साथै प्रहरीले आवश्यक परेमा इन्टरपोलमार्फत् उनलाई नेपाल झिकाउने पनि बताएको छ।

यस्तोमा क्यानका कार्यवाहक महासचिव प्रशान्त मल्लले सन्दीपविरुद्ध परेको उजुरी अनपेक्षित र अप्रत्यासित रहेको भन्दै आफूहरू पुलिसलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए।

मल्लले भने ‘सन्दीप लामिछानेविरुद्ध परेको उजुरीका लागि क्यानले प्रहरीलाई आवश्यक सहयोग गर्छ। यदि क्लोज क्याम्पको समयमा होटल छोडेको हो भने क्यानले आवश्यक अनुसन्धान पछि के गर्ने निर्णय लिन्छ।’

उनले अत्यावश्यक कामबाहेक क्लोज क्याम्पको समयमा होटलबाट बाहिर जान नमिल्ने बताए।

‘क्लोज क्याम्पको समयमा होटल बाहिर जान मिल्दैन। आफ्नो अत्यावश्यक व्यक्तिगत काम छ भने त जान दिने गरेको छ। यदि सन्दीपको हकमा आएको कुरामा भने मिल्दैन’‍, उनले भने।

कप्तानकाे जिम्मेवारीमा रहेकाे मानिसलाई २४ सै घन्टा निगरानी गर्न नसकिने मल्लकाे भनाइ छ।

उनले भने, ‘कप्तानको जिम्मेवारीमा रहेका खेलाडीलाई २४ घन्टा निगरानी गर्ने कुरा त हुँदैन। कप्तानजत्तिको जिम्मेवार व्यक्ति भएपछि हामीले उसलाई शंका गर्ने कुरा पनि हुँदैन। उनी आफैँ ठूलो जिम्मेवारीमा भएकाले उनीविरुद्ध परेको उजुरी र समाचारले दुखी भएका छौँ। साथै आश्चर्यमा पनि परेका छौँ।’

‘हामी सन्दीप मात्र होइन, खेलाडीलाई क्लोज क्याम्पमा राखेपछि उनीहरू आफू बढी जिम्मेवार हुन् भन्ने चाहन्छौँ। २४ घण्टा नै कुनै एक खेलाडीको निगरानी गर्ने र पछि लाग्ने कुरा त सम्भव हुन्। यद्यपि सन्दीपमाथि क्यानले पनि अनुसन्धान गर्ने र दोषी देखिए आवश्यक कारबाही गर्नेछौँ’, उनले थपे।

मल्लले अहिलेसम्म प्रहरीले आधिकारीक रूपमा क्यानसँग सन्दीपको बारेमा केही जानकारी नमागेको बताए।

उनले भने ‘प्रहरीलाई हामी आवश्यक सहयोग गर्छौँ नै तर अहिलेसम्म प्रहरीले आधिकारिक रूपमा हामीसँग केही जानकारी मागेको छैन।’

यो पनि पढ्नुहोस्

प्रहरी भन्छ-सन्दीप लामिछानेमाथि सूक्ष्म अनुसन्धान भइरहेकाे छ

प्रहरी भन्छ-सन्दीप लामिछानेमाथि सूक्ष्म अनुसन्धान भइरहेकाे छ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?