बलात्कार अभियाेग लागेका सन्दीपलाई नेपाल झिकाउन के गर्दैछ प्रहरी?

बलात्कार अभियाेग लागेका सन्दीपलाई नेपाल झिकाउन के गर्दैछ प्रहरी?
+
-

काठमाडाैँ – क्यारेबियन प्रिमियर लिग (सिपिएल)का लागि सेन्ट लुसियामा रहेका नेपाली राष्ट्रिय टाेलीका कप्तान सन्दीप लामिछानेलाई नाबालिगमाथि बलात्कार गरेको आरोप लागेकाे छ।

२२ वर्षीया कप्तान लामिछानेमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेकाे हाे। मंगलबार प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जाहेरी परेकाे थियाे।

जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेकाे भए पनि उनी भने यतिबेला लिगका लागि क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। उनी आवद्ध जमैका तलावाजले नेपाली समयअनुसार बिहीबार बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ।

भोलिकाे खेलकाे लागि चर्चा चलिरहँदा यता भने उनीविरुद्ध नाबालिगमाथि बलात्कार गरेकाे भनि जाहेरी परेकाे हाे।

प्रहरी स्राेतका अनुसार भदौ ५ गते मध्यराति काठमाडौँ-९ सिनामंगलस्थित एक होटलमा पुर्‍याएर सन्दीपले आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै १७ वर्षीया ती किशोरीले गौशालामा जाहेरी दिएकी हुन्।

घटनालाई सुक्ष्म अनुसन्धान गर्दा त्यसअघि उनीहरू भक्तपुरको नगरकोट पनि पुगेको प्रहरीकाे ठहर छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार उनीविरुद्ध सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ। आवश्यक परेमा इन्टरपोलमार्फत् उनलाई नेपाल झिकाउने सकिने पनि उनले बताएका छन्।

घटनाका कारण यतिबेला चाैतर्फी विराेध भइरहँदा कप्तान लामिछाने भने कहिले नेपाल फर्किन्छन् अझै टुंगो छैन।

यता क्यानले घटनाकाे सत्यतथ्य छानबिनका लागि नेपाल प्रहरीलाई पूर्णसाथ दिने बताएकाे छ। क्यानका कार्यवाहक महासचिव प्रशान्त मल्लले सन्दीपविरुद्ध परेको उजुरी अनपेक्षित र अप्रत्यासित रहेको भन्दै आफूहरू प्रहरीलाई आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्।

मल्लले भनेका छन्, ‘सन्दीप लामिछानेविरुद्ध परेको उजुरीका लागि क्यानले प्रहरीलाई आवश्यक सहयोग गर्छ। यदि क्लोज क्याम्पको समयमा होटल छोडेको हो भने क्यानले आवश्यक अनुसन्धान पछि के गर्ने निर्णय लिन्छ।’

यसका साथै घटना पुष्टि भएमा सन्दीपलाई क्यानले समेत कारबाही गर्ने उनकाे भनाइ रहेकाे छ। घटना भएकाे समयमा सन्दीपसहितका खेलाडी क्लाेज क्याम्पमा रहेका थिए। तर, सन्दीप क्याम्प छाडेर किशाेरीसँग घुम्न निस्किएकाे तथ्य जाहेरीसँगै बाहिरिएकाे हाे।

नाबालिगविरुद्ध याैन दुर्व्यवहार गरेकाे आराेपमा यसअघि नायक पल शाहविरुद्ध पनि उजुरी परेकाे थियाे। नवलपरासी र तनहुँ गरी दुई ठाउँमा जाहेरी परेका पल शाहले सन्दीपमाथि उजुरी परेकै दिन अर्थात् हिजाे मात्रै सफाइ पाएका हुन्।

बलात्कारकाे मुद्दामा सफाइ पाएकाे भए पनि पलमाथि बाल याैन दुर्व्यवहारकाे मुद्दामा दुई वर्ष ६ महिना कैद सजाय र दश लाख रुपैयाँ जरिवाना जिल्ला अदालत नवलपरासीले फैसला गरेकाे छ।

यो पनि पढ्नुहोस्

क्यान भन्छ- कप्तानको जिम्मेवारीमा रहेका खेलाडीलाई २४ सै घन्टा निगरानी गर्ने कुरा हुँदैन

क्यान भन्छ- कप्तानको जिम्मेवारीमा रहेका खेलाडीलाई २४ सै घन्टा निगरानी गर्ने कुरा हुँदैन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?