सन्दीप प्रकरणः होटलको सिसिटिभी फुटेजमा के देखियो?

सन्दीप प्रकरणः होटलको सिसिटिभी फुटेजमा के देखियो?
+
-

काठमाडौँ – बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ।

अनुसन्धानका क्रममा उनी बसेको भनिएका नगरकोट र काठमाडौँका होटलका सिसिटिभी फुटेज संकलन गरिएको प्रहरी परिसर काठमाडौँले बताएको छ।

प्रहरीको टोली बुधबार नगरकोट गएको र त्यहाँको होटलको सिसिटिभी फुटेजलगायतका आवश्यक प्रमाण संकलन गरिरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन्।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार प्रहरी प्रमाण संकलनमा केन्द्रित रहेको छ। उनी भन्छन्, ‘अहिले प्रमाण संकलनमा प्रहरी केन्द्रित छ। थप अनुसन्धान भइरहेको छ।’

प्रहरीले होटल सञ्चालकसँग सोधपुछ गर्ने लगायतका काम गरिरहेको छ। प्रहरीका अनुसार सन्दीप दुवै ठाउँका होटलमा पुगेको सिसिटिभीबाट पनि पुष्टि भएको छ। भदौ ५ गते राति सिनामंगलको होटलमा पसेको र बिहान त्यहाँबाट निस्किएको फुटेजमा देखिएको प्रहरीले जनाएको छ।

कप्तान लामिछानेमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ। मंगलबार प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जाहेरी परेको हो।

होटलमा पुर्‍याएर सन्दीपले आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै १७ वर्षीया ती किशोरीले गौशाला प्रहरीमा जाहेरी दिएकी हुन्।

जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेको भए पनि उनी भने यतिबेला क्यारेबियन प्रमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसियामा छन्। उनी आवद्ध जमैका तलावाजले नेपाली समयअनुसार बिहीबार बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ।

भोलिको खेलको लागि चर्चा चलिरहँदा लामिछाने भने उनीविरुद्ध नाबालिगमाथि बलात्कार गरेको भनि जाहेरी परेको हो।

प्रहरी परिसर काठमाडौँका एसपी मैनालीका अनुसार उनीविरुद्ध सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ। आवश्यक परेमा इन्टरपोलमार्फत् उनलाई नेपाल झिकाउन सकिने पनि उनले बताएका छन्।

यो पनि पढ्नुहोस्

बलात्कार अभियाेग लागेका सन्दीपलाई नेपाल झिकाउन के गर्दैछ प्रहरी?

बलात्कार अभियाेग लागेका सन्दीपलाई नेपाल झिकाउन के गर्दैछ प्रहरी?

प्रहरी भन्छ-सन्दीप लामिछानेमाथि सूक्ष्म अनुसन्धान भइरहेकाे छ

प्रहरी भन्छ-सन्दीप लामिछानेमाथि सूक्ष्म अनुसन्धान भइरहेकाे छ

क्रिकेट कप्तान सन्दीप लामिछानेबिरुद्ध जबर्जस्ती करणीमा उजुरी

क्रिकेट कप्तान सन्दीप लामिछानेबिरुद्ध जबर्जस्ती करणीमा उजुरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?