मधेस विश्वविद्यालय उद्घाटन

मधेस विश्वविद्यालय उद्घाटन
+
-

वीरगञ्ज – वीरगञ्जमा स्थापना भएको मधेस विश्वविद्यालयको उद्घाटन गरिएको छ। बुधबार वीरगञ्जको होटल भिस्वामा आयोजित एक कार्यक्रमबीच मधेस विश्वविद्यालय उद्घाटन गरिएको हो।

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदी र प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

वीरगञ्जमा रहेको नेसनल ट्रेडिङ लिमिटेडको भवनमा मधेस विश्वविद्यालय स्थापना गरिएको छ।
उद्घाटन कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यलाई नियुक्ति पत्रसमेत प्रदान गरिएको थियोे।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति शाक्यले मधेस विश्वविद्यालयको स्थापना प्रदेश सरकारको सबैभन्दा महत्त्वपूर्ण विकासको काम भएको बताएका थिए।

प्रदेशमा विश्वविद्यालयको आवश्यकतालाई ध्यानमा राख्दै विश्वविद्यालयको स्थापनाले प्रदेशको विकासमा कोशेढुंगा सावित हुने जिकिर गरे।
आगामी दिनमा पर्सा जिल्लामै सय बिघा जमिन विश्वविद्यालयको शिक्षाका लागि खोजी गरिने उनले बताए।

वीरगञ्ज तथा देशभर आवश्यक रहेको प्राविधिक, व्यवस्थापन, शिक्षालगायत विषयमा विश्वविद्यालयले शिक्षा प्रदान गरिने बताए।

वीरगञ्जमा विश्वविद्यालयको मुख्य कार्यालय स्थापना भए पनि यसलाई प्रदेश र देशभर फैलाइने शाक्यको भनाइ थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष