सन्दीप प्रकरण: कानुन थाहा भएन कि बेवास्ता?

सन्दीप प्रकरण: कानुन थाहा भएन कि बेवास्ता?
+
-

काठमाडौँ- नाबालिकलाई बलात्कार गरेको भन्दै मंगलबार साँझ गौशाला प्रहरी वृत्तमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जाहेरी दर्ता भयो।

उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ।

मंगलबार १७ वर्षीया ती किशाेरीले प्रहरी वृत्त गौशालामा लामिछानेले होटलमा पुर्‍याएर  आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै गौशाला प्रहरीमा जाहेरी दिएकी हुन्।

जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेको भए पनि सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसियामा छन्। उनी आवद्ध जमैका तलावाजले नेपाली समयअनुसार बिहीबार बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ।

भोलिको खेलको लागि चर्चा चलिरहँदा लामिछानेमाथि भने नाबालिगमाथि बलात्कार गरेको भनी जाहेरी परेको हो।

प्रहरी परिसर काठमाडौँका एसपी मैनालीका अनुसार उनीविरुद्ध सुक्ष्म अनुसन्धान भइरहेको  छ। आवश्यक परेमा इन्टरपोलमार्फत् उनलाई नेपाल झिकाउन सकिने पनि मैनालीले बताएका छन्।

बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ।

अनुसन्धानका क्रममा उनी बसेको भनिएकाे नगरकोट र काठमाडौँका होटलका सिसिटिभी फुटेज संकलन गरिएको प्रहरी परिसर काठमाडौँले बताएको छ। प्रहरीका अनुसार  थप अनुसन्धान भइरहेको  छ।

०००

त्यस्तै केही समयअघि अभिनेता पल शाह पनि नाबालिक बलात्कार आरोपमा पक्राउ परेका हुन्।

नाबालिग बलात्कारको आरोपमा अभिनेता पल शाह फागुन १५ गते पक्राउ परेका हुन्। एक नाबालिग किशोरीले तनहुँ प्रहरीमा फागुन ११ गते दिएको किटानी जाहेरीको आधारमा प्रहरीले शाहलाई पक्राउ गरेको थियो।

जाहेरी परेसँगै फरार रहेका शाहलाई प्रहरीले सर्कुलर जारी गरी खोजी कार्य गरेको थियो। यद्यपि शाह भने समाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफैँ प्रहरीसामु उपस्थित भएका थिए।

बलात्कार आरोपमा पक्राउ परेका अभिनेता शाहलाई जिल्ला अदातल, नवलपुरले भदौ २१ गते बलात्कारको मुद्दामा सफाइ दिएको छ।

बलात्कार मुद्दामा सफाइ पाएका उनलाई अदालतले बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाएको जिल्ला अदातल, नवलपुरका श्रेस्तेदार लालबहादुर क्षेत्रीले बताएका छन्। उनका अनुसार शाहलाई साढे २ वर्षको कैद सजायसँगै २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्तिसहितको फैसला सुनाएको हो।

उनीविरुद्ध परेको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन रहेको छ।

०००

यी त केही उदाहरण पात्र मात्रै हुन्। नेपालको संविधानमा उल्लेख गरिएका सामान्य कानुनहरूबारे समेत जानकार नहुँदा थुप्रै चर्चित व्यक्तिदेखि सामान्य व्यक्तिहरू पक्राउ पर्ने गरेका छन्।

मुलुकी अपराध संहिता ऐनको दफा २१९ मा १८ वर्षमुनिको नाबालकको हकमा मन्जुरी लिएर समेत करणी गर्न नपाइने उल्लेख छ। उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि जबरजस्ती करणी भएको मानिने भनिएको छ। ‘मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ’ दफामा उल्लेख छ।

नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको कसैसँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि बलात्कार ठहरिने व्यवस्था छ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिइ करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै किशोरीलाई करणी गरे निजले त्यस्तो महिला वा किशोरीलाई जबर्जस्ती करणी गरेको मानिने कानुनी व्यवस्था छ।

मुलुकी अपराध संहिता ऐनको दफा २१९ मा १८ वर्षमुनिको नाबालकको हकमा मन्जुरी लिएर समेत करणी गर्न नपाइने उल्लेख छ। उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि जबरजस्ती करणी भएको मानिने भनिएको छ।

‘मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ’ दफामा उल्लेख छ।

नेपालका केही चर्चित व्यक्तिहरू भने कानुनबारे सामान्य जानकारी नभएकै कारण वा जानकारी भएर पनि बेवास्ता गरेकै कारण हिरासतसम्म पुग्नु परिरहेको छ।

के सन्दीप, पल लगायतका चर्चित व्यक्तिहरूलाई नेपालको कानुन थाहा नभएकै हो? या थाहा पाएर पनि बेवास्ता गरेको हो भन्ने गम्भीर प्रश्न उठेको छ।

पढेलेखेका जानकार भनिएका व्यक्तिहरूबाटै कानुनको अवहेलना हुने गरेको घटना हाम्रो समाजका लागि नौलो भने पक्कै होइन तर यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने जानकारहरू बताउँछन्।

पढेलेखेका भनिएका जानकार व्यक्तिहरूलाई नै कानुनबारे जानकार हुन जरुरी रहेको आवाज सामाजिक लगायतमासमेत उठ्न थालेको छ। समाजमा चर्चित भनिएका यस्ता व्यक्तिहरू कानुनबारे बेखबर कि बेवास्ता भन्नेबारे बहस हुन आवश्यक रहेको जानकारहरू बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?