अदालतको आदेश देखाउँदै रोकिएन वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड

अदालतको आदेश देखाउँदै रोकिएन वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड
+
-

काठमाडौँ- उच्च अदालतको आदेशलाई देखाउँदै काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड सञ्चालन भइरहेकै छ।

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै गत बिहीबार (भदौ १६ गते) उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराएको थियो ।

एसटीआर एडभर्टिजमेन्ट प्रालिका सन्दीप हिराचनले १७ भदौमा उच्च अदालत पाटनमा महानगरको उक्त कदमविरुद्ध रिट हालेका थिए । आइतबार अदालतले महानगरको नाममा कारण देखाउ आदेश जारी गर्दै २२ भदौमा दुवै पक्षलाई छलफलका लागि आउन भनेको छ । अदालतको सोही कारण देखाउ आदेशलाई आधार मान्दै एसटीआर एडभर्टिजमेन्टले डिजिटल बोर्ड सञ्चालनमा ल्याएको हो ।

यसअघि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलिले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड हटाएको थियो ।

महानगरले मापदण्डविपरीत लगाइएका बोर्डहरूलाई हटाउने कामलाई तीव्रता दिइरहेको छ । वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको भन्दै महानगरले होडिङ बोर्ड हटाउने अभियानको सुवात नै उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराएर गरेको थियो।

डिजिटल बोर्डबाट आउने प्रकाशले ट्राफिक व्यवस्थापनमा समेत असर पुगेको महानगरको बुझाइ छ । यो डिजिटल बोर्डले २०७० सालमा बनेको नीतिका सबैखाले मापदण्ड मिचेको महानगरको भनाइ छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?