
काठमाडाैँ – काठमाडौँ महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्।
प्रतिष्ठित फुलब्राइट कमिशनकाे कार्यकारी निर्देशक भएर काम गरिसकेकी उनी महानगरको शिक्षा सल्लाहकारमा नियुक्त भएकाे महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)का प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए।
यसका साथै उनी नेपाली शिक्षामा वातावरण संरक्ष्यणलाई प्राथमित्का दिनुपर्छ भन्ने मान्यता राख्ने सार्वाजनिक र सामुदायिक विधालायको विकास र सबलिकरणमा विशेष चासो राख्ने सामुदायिक अभियान्ताकाे रुपमा समेत परिचित छन्।
अर्यालले टिच फर नेपालको अध्यक्ष भएर ५ वर्ष काम गरेकी उनले कोलम्बिया विश्वविद्यालयबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी हुन्।
साथै २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरे बापत सिङापुरको नेसनल ईन्स्टिच्युट अफ एडुकेशनले प्रतिष्ठित पुरस्कर बाट पुरस्कृत गरेको थियो।