सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी, कुनै पनि बेला पक्राउ पर्न सक्ने

सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी, कुनै पनि बेला पक्राउ पर्न सक्ने
+
-

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ।

लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन्। त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको प्रहरी स्रोतले बताएको छ।

प्रहरीले अदालतबाट अनुमति पाएसँगै अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ।

नाबालिकलाई बलात्कार गरेको भन्दै मंगलबार साँझ गौशाला प्रहरी वृत्तमा लामिछानेविरुद्ध जाहेरी दर्ता भएको थियो।

उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ।

मंगलबार १७ वर्षीया ती किशोरीले प्रहरी वृत्त गौशालामा लामिछानेले होटलमा पुर्‍याएर आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै गौशाला प्रहरीमा जाहेरी दिएकी हुन्।

सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसियामा छन्।

बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ।

अनुसन्धानका क्रममा उनी बसेको भनिएको नगरकोट र काठमाडौँका होटलका सिसिटिभी फुटेज संकलन गरिएको प्रहरी परिसर काठमाडौँले बताएको छ। प्रहरीका अनुसार  थप अनुसन्धान भइरहेको  छ।

 

यो पनि पढ्नुहोस्

क्यान भन्छ- सन्दीपले क्यारेबियन प्रिमियर लिग खेलिसकेपछि स्वदेश फर्किन्छु भनेका छन्

क्यान भन्छ- सन्दीपले क्यारेबियन प्रिमियर लिग खेलिसकेपछि स्वदेश फर्किन्छु भनेका छन्

सन्दीप प्रकरण: कानुन थाहा भएन कि बेवास्ता?

सन्दीप प्रकरण: कानुन थाहा भएन कि बेवास्ता?

सन्दीप प्रकरणः होटलको सिसिटिभी फुटेजमा के देखियो?

सन्दीप प्रकरणः होटलको सिसिटिभी फुटेजमा के देखियो?

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’