विमानस्थलमा प्रहरीलाई ‘अलर्ट'

दुई दिन अघि नै सेन्ट लुसिया छाडेका सन्दीप अध्यागमनकाे कालाेसूचीमा

दुई दिन अघि नै सेन्ट लुसिया छाडेका सन्दीप अध्यागमनकाे कालाेसूचीमा
+
-

काठमाडौँ- बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको  हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ।

स्राेतका अनुसार विदेशबाट नेपाल आउने कुनै पनि जहाजकाे यात्रुकाे सूचीमा सन्दीप लामिछानेकाे नाम नभएकाे पाइएकाे छ। अनाैपचारिक रूपमा इन्टरपाेलले नेपाल प्रहरीलाई सन्दीप दुई दिन अगाडि त्यहाँबाट हिँडेकाे जानकारी गराइसकेकाे छ। उनी त्यहाँ स्थानीय प्रहरी र इन्टरपाेलकाे निगरानीमा थिए।

यसका साथै क्रिकेट एसाेसिएसन अफ नेपाल (क्यान) स्राेतका अनुसार पनि उनी दुई दिन अगाडि हिँडेकाे तर कहाँ आइपुगेकाे भन्ने जानकारी नभएकाे जनाएकाे छ।

नाबालिकलाई बलात्कार गरेको भन्दै मंगलबार साँझ गौशाला प्रहरी वृत्तमा लामिछानेविरुद्ध जाहेरी दर्ता भएको थियो।

उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ।

मंगलबार १७ वर्षीया ती किशोरीले प्रहरी वृत्त गौशालामा लामिछानेले होटलमा पुर्‍याएर आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै गौशाला प्रहरीमा जाहेरी दिएकी हुन्।

बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ।

अनुसन्धानका क्रममा उनी बसेको भनिएको नगरकोट र काठमाडौँका होटलका सिसिटिभी फुटेज संकलन गरिएको प्रहरी परिसर काठमाडौँले बताएको छ। प्रहरीका अनुसार  थप अनुसन्धान भइरहेको  छ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले भने अनुमति दिइसकेको छ।

अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन्।

यो पनि पढ्नुहोस्

सन्दीप प्रकरण: कानुन थाहा भएन कि बेवास्ता?

सन्दीप प्रकरण: कानुन थाहा भएन कि बेवास्ता?

सन्दीप प्रकरणः होटलको सिसिटिभी फुटेजमा के देखियो?

सन्दीप प्रकरणः होटलको सिसिटिभी फुटेजमा के देखियो?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?