आत्महत्याबिरुद्ध अभियान चलाउन स्वदेश फाउन्डेसन

आत्महत्याबिरुद्ध अभियान चलाउन स्वदेश फाउन्डेसन
+
-

काठमाडौँ- अष्ट्रेलियामा अध्ययनका क्रममा आत्महत्याबाट ज्यान गुमाएका स्वदेश सेढाइँको सम्झनामा स्थापित स्वदेश फाउन्डेसन नेपालले किशोरकिशोरी तथा युवायुवतीमा आत्महत्याबिरुद्ध अभियान चलाउन काम गर्ने भएको छ।

केही वर्षअघि अष्ट्रेलियामा उच्च अध्ययनका क्रममा आत्महत्या गरेका स्वदेशकै सम्झनाका उनका परिवारजले यस फाउन्डेसन स्थापना गरेका छन्।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा स्वदेशकी आमा गंगादेवी उप्रेतीले भनिन्- ‘अब तपाईँहरुका छोराछोरीले विदेशबाट म घर आउँछु भन्दा अहिले नआइज, पढाइ सकेर आइज नभन्नुहोला, तँलाई पढाउन पठाउँदा धेरै ऋण लागेको छ भनेर उसलाई प्रेसर नदिनुहोला।’

स्वदेशका बुबाआमाका साथमा कार्यक्रमका सहभागीहरु।

तीक्ष्ण स्वभावका स्वदेश कक्षा र महत्त्वाकांक्षाको दबाब सहन नसकी मानसिक रोगको शिकार भए र उनले कहिल्यै नफर्कने बाटो रोजे। कार्यक्रममा उपस्थित स्वेदशका बुवा किशोर सेढाइँ पनि श्रीमतीका भावुक सम्बोधनले भावुक देखिएका थिए।

आत्महत्या विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वदेश फाउन्डेसनको आत्महत्याबिरुद्धको अभियान देशव्यापी रुपमा फैलाउनुपर्ने बताए।

पत्रकार तथा मनोविज्ञानका अध्येता मनोज दाहालले आफैँसँग कनेक्ट हुन नसक्दा र महत्त्वाकांक्षाको पूरा गर्न नसकिने भारले थिचिँदा युवायुवती तथा किशोरकिशोरीहरुमा आत्महत्याको दर बढ्दै गरे‍को बताए।

गायक किरण दाहाल।

कार्यक्रममा जनस्वास्थ्यकी सहप्राध्यापक सुस्मिता नेपालले आत्महत्या र मानसिक रोगको सम्बन्ध तथा प्रदेशगत रुपमा यसको तथ्यांकबारे प्रस्ट पार्दै प्रस्तुति दिएकी थिइन्।

त्यस्तै, मनोविज्ञान केन्द्रीय विभागका नम्रता सिंह क्षेत्री र रुशु कटेलले आत्महत्याको मनोसामाजिक पक्ष केलाउँदै प्रस्तुति दिएका थिए।

राजधानीको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयमा आयोजित कार्यक्रममा उक्त संस्थाका प्रिन्सिपल शिशिर उप्रेतीले स्वदेश फाउन्डेसन स्थापनाको उद्देश्य तथा पृष्ठभूमिबारे प्रस्ट्याएका थिए।

कार्यक्रममा संगीत विद्यालयका दृष्टिविहीन विद्यार्थीहरु किरण दाहाल र सञ्जीव चौधरीले गायन प्रस्तुत गरेका थिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’