महिला साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिपको इतिहासमै भारतको पहिलो हार

साफ च्याम्पियनसिपको इतिहासमै भारतको पहिलो हार
+
-

काठमाडौँ – अहिलेसम्म पाँच साफ अनि एक खेल पनि नहारेको भारत मांगलबार साँझ दशरथ रंगशालामा पनि सोही लय चाहन्थ्यो। महिला साफको एक्लो हिमायती भारतलाई हराउनु नेपाल र बंगलादेशको वर्षौंको सपना हो।

बंगालादेशले त्यो सपना पूरा गर्दै लगभग फाइनल यात्रा तय गरेको छ। किनकि अब बंगलादेशले सेमिफाइनलमा भुटानको सामना गर्नेछ, जुन सहज प्रतिद्वन्द्वी हो।

अब नेपाल आफ्नो सपना पूरा गर्न फाइनल अघि नै पुनः एक पटक भारतसँग भेट्ने छ। यसअघि यस्तो एक पटक भएको छ, २०१६ को सिलगुढी साफमा। त्यहीबेला बंगलादेशले पहिलो पटक फाइनल खेलेको थियो भारतसँग। त्यो नै एक मात्र फाइनल हो, जहाँ नेपाल थिएन। बाँकी सबमा नेपालले फाइनल खेल्यो र भारतसँगै हार्‍यो।

अब फेरि नेपालले शुक्रबार हुने सेमिफाइनलमा भारत नै प्रतिद्वन्द्वी पाएको छ। जहाँ भारतलाई हराउने अर्को मौका नेपालसँग रहने छ।

दशरथ रंगशालामा भारतविरुद्ध बंगलादेशको लय उत्कृष्ट रह्यो। समूह ‘ए’को अन्तिम खेलमा बंगलादेशले भारतलाई क्लिन सिट राख्दै ३–० ले स्तब्ध बनायो।

भारत साफको इतिहासमा नै पहिलो हार भोग्न बाध्य भयो। यसअघि २०१६ को सिलगुढी साफको समूह चरणमा बंगलादेशले भारतसँग गोलरहित बराबरी खेलेको थियो।

मंगलबार भारतविरुद्ध रवाफिलो प्रदर्शन गर्दै बंगलादेश सबै पक्षमा बलीयो देखिएको थियो। उसले आफ्नो लय पनि भारतविरुद्ध सोहीअनुसार देखायो।

खेलमा सुरूवातबाटै दबाब बनाएको बंगलादेशले सबै गोल उत्कृष्ट गरेको थियो। खेलमा १२ औँ मिनटमा नै बंगलादेशले जहान सोप्नाको गोलबाट अग्रता लियो। उनले कृष्णारानी सरकारको पासलाई आकर्षक फिनिस गर्दै भारतीय खेमालाई निरास बनाएकी थिइन्।

एकपछि अर्को राम्रो प्रहार गरेको बंगलादेशका लागि कृष्णारानी सरकारले २२ औँ मिनेटमा अग्रता दोब्बर बनाइन्।

पहिलो हाफमा अनपेक्षित रूपमा पछि परेको भारतले दोस्रो हाफमा पनि बंगलादेशको डिफेन्स र गोलरक्षक बिट गर्न असफल भयो। उल्टो बंगलादेशले अग्रता फराकिलो बानायो। ५३ औं मिनेटमा सोप्नालेनै टिमको अग्रता ३–० मा पुर्‍याएकी थिइन्। जुन अग्रता अन्तिमसम्म कायम राख्दा बंगलादेशको यो यात्रा फाइनलअघि नै याद्गगार बनेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’