खनिजबाट नवीकरणीय ऊर्जामा रूपान्तरण हुँदा खर्बौँ बचत हुन्छ: अध्ययन

खनिजबाट नवीकरणीय ऊर्जामा रूपान्तरण हुँदा खर्बौँ बचत हुन्छ: अध्ययन
+
-

खनिज इन्धनबाट नवीकरणीय ऊर्जामा रूपान्तरित हुँदा विश्वले सन् २०५० सम्ममा १२ ट्रिलियन अमेरिकी डलर बराबरको बचत गर्नसक्ने अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनमा देखिएको छ।

अध्ययन प्रतिवेदनमा नवीकरणीय ऊर्जातर्फ तीव्र गतिमा जानु खर्चिलो हुन्छ भन्नु गलत र निराशावादी सोच रहेको उल्लेख गरिएको छ।

युरोपसहितका क्षेत्रमा इन्धन आपूर्तिलाई लिएर चासो बढिरहेका बेला ग्यासको मूल्य बढेको छ। तर, अनुसन्धानकर्ताले तत्काल स्वच्छ ऊर्जातर्फ जानु आर्थिक रूपमा पनि सही विकल्प हुने बताएका हुन्।

‘यदि तपाईं जलवायु परिवर्तनमा विश्वास गर्नुहुन्न भने पनि हामीले वकालत गरिरहेको कुराको पक्षमा आउन सक्नुहुन्छ’, प्राध्यापक डोयन फार्मरले बताए।

उनी अक्सफोर्ड मार्टिन स्कूलमा रहेको ‘इन्स्टिच्यूड फर न्यू इकोनोमिक थिङ्गकिङ’मा कार्यरत छन्।

‘हाम्रो निष्कर्ष यो हो कि स्वच्छ ऊर्जातर्फ हामी तीव्र गतिमा जान सक्छौँ किनकि यसले पैसा जोगाउँछ’, उनले भनेका छन्।

नवीकरणीय ऊर्जा र खनिज इन्धनको ऐतिहासिक मूल्यको तथ्यांक विश्लेषणबाट अनुसन्धानकर्ताले निष्कर्ष निकालेका हुन्।

लामो इतिहास भएको खनिज इन्धनको मूल्य खासै परिवर्तन नभए पनि तुलनात्मक रूपमा छोटो इतिहास रहेको नवीकरणीय ऊर्जाको मूल्य भने प्रविधिको विकाससँगै कम हुँदै आएको देखिएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष