पीएचडी गर्दै गरेका अधिकारी उत्पादनमार्फत काठमाडौँ बदल्ने दौडमा चुनाव लड्दै (भिडियो)

+
-

काठमाडौँ– ‘बनाउँदै गरेका इँट्टा लगातार बिग्रिन थाले भने माटो नभई साँचो फेर्ने हो,’ प्रकाश अधिकारी इँट्टालाई जनता र साँचोलाई पुराना र शीर्ष भनिएका नेतासँग तुलना गर्दै नेताहरु फेर्नुपर्ने उद्देश्यका साथ राजनीतिमा होमिएका छन्।

अधिकारीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उमेदवारी घोषणा गरेका छन्।

जनतालाई प्रश्न मात्रै गर्ने नभई समाधान वा उत्तर दिने समय आएको मान्यता राख्ने उनी संघीय चुनावका उम्मेदवार हुन्। कानुन व्यवसायीसमेत रहेका उनले आफूमा नयाँ व्यवस्थाबारेको भिजन, मिसन र एक्सन रहेको बताएका छन्।

मूलधारका राजनीतिक दलमा निराशाजनक कार्यसम्पादन रहेको भन्दै उनी प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका हुन्।

संसदलगायत राज्यको नीति निर्माण तहमा प्रभावकारी तरिकाले काम गर्नसक्ने युवाको खडेरी रहेको अवस्थामा आफ्नो उम्मेदवारीले वर्तमान संसदीय व्यवस्थाभित्रका विकृतिको विरोध गर्ने उनको भनाइ छ। राज्यको नीति निर्माणको तहमा कानूनी ज्ञान भएको व्यक्तिको खाँचो रहेको उनी औँल्याउँछन्।

काठमाडौँ–२ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो। यद्यपि, पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट बन्ने उम्मेदवारको टुंगो लागिसकेको छैन।

गठबन्धनमै आवद्ध नेकपा माओवादी केन्द्रकी नेत्री तथा पूर्व सभामुख ओनसरी घर्ती पनि क्षेत्र नम्बर–२ वाटै उठ्ने चर्चा पनि छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मणिराम फुँयाललाई उम्मेदवारको रुपमा अघि सारेको छ।

अधिकारी त्रिभुवन विश्वविद्यालयमा पीएचडी अध्ययन गरिरहेका छन्। युवा र वैकल्पिक राजनीति राम्रोसँग बुझेको दाबी गर्ने अधिकारी आगामी दिनमा काठमाडौँको राजनीति बदल्ने बताउँछन्।

उनको उम्मेदवारीको कारण, जित्ने आधार, क्षेत्र नम्बर दुईमा अधिकारीको आवश्यकता किन? लगायत विषयवस्तुमा केन्द्रित भएर देशसञ्चारका लागि ईश्वरी बराले प्रकाश अधिकारीसँग गरेको भिडियो अन्तर्वार्ताः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?