चोलेन्द्रले सकाए आफ्नो बयानमा हस्ताक्षर, पुरक प्रश्न सोध्दै समिति

चोलेन्द्रले सकाए आफ्नो बयानमा हस्ताक्षर, पुरक प्रश्न सोध्दै समिति
+
-

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले महाभियोग छानबिन समितिमा आफूले दिएको बयानको लिखित कपिमा हस्ताक्षर गरिसकेका छन् ।

शुक्रबारदेखि सुरु भएको हस्ताक्षर शनिबार बिहान सकेपछि समितिले अब पुरक प्रश्न सोध्ने तयारी गरेको छ ।

सुरुमा समितिमा राणाले समग्रमा हस्ताक्षर गर्ने भनेका थिए । तर, एमाले सांसदहरुले सबैमा हस्ताक्षर गराउनुपर्ने कुरा उठाएपछि राणाले हस्ताक्षर गर्न मानेनन् । राणाको इच्छा अनुसार नै नेपाली कागजमा लिखित बयान उतारिएको थियो ।

महाभियोग छानबिन समितिले पुरक प्रश्न गर्दै प्रतिवेदन लेख्ने तयारी गरेको छ । समितिले बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको बताएको छ। संसद्को अन्तिम कार्यकाल आज भएकाले प्रतिनिधि सभामा प्रतिवेदन बुझाउने तयारी समितिले गरेको छ ।

राणाविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो । सत्ता पक्षका ९८ सांसदले राणाविरुद्ध २१ आरोप लगाउँदै महाभियोग दायर गरेका थिए । प्रतिवेदन लेख्नका लागि समितिले राणाको सम्पत्ति विवरण पनि झिकाएको छ ।

जबराको बयान १७४ पृष्ठ लिखत भएको छ । शुक्रबार ६५ पृष्ठमा हस्ताक्षर भएको थियो । बाँकी पृष्ठमा उनले हस्ताक्षर गरिसकेका छन् । उनले एक/एक पढेर हस्ताक्षर गरेका हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?