छैटौं महिला साफ फुटबलः भारतको लगातार दुई हार, अन्य देशको उदयको संकेत हो ?

छैटौं महिला साफ फुटबलः भारतको लगातार दुई हार, अन्य देशको उदयको संकेत हो ?
+
-

काठमाडौँ – काठमाडौंमा जारी छैटौं महिला साफमा च्याम्पियनसिपमा पहिलो पटक भारत सेमिफाइनलबाट बाहिरियो। दक्षिण एसियाली मुलुकमा एकल प्रभुत्व जमाउँदै आएको भारत साफको सेमिफाइनलबाट बाहिरिँदै गर्दा बंगलादेश र नेपालले महिला साफमा नयाँ मानक स्थापित गरे।

तर, भारतको हारको अर्थ दक्षिण एसियामा अब भारतलाई टक्कर दिन बंगलादेश र नेपाल सक्षम भएको सन्देश प्रवाह भएको छ। अनि यहीसाफबाट भुटानले आफूलाई विस्तारै दाबेदारीमा अघि बढाउँदै लगेको सन्देश पनि दिएको छ। जुन दक्षिण एसियामा समग्र महिला फुटबलका लागि सुखद समाचार हो।

महिला साफ फुटबलको १२ वर्षे इतिहासमा काठमाडौंमा जस्तो भारतले आफूलाई कमजोर महसुस यसअघि गर्नुपरेको थिएन। उसले पाँचौँ साफसम्म कुल १ सय ३८ गोल गर्‍याे। जहाँ उसले केबल ७ गोल मात्र खाएको थियो। छैटौं साफलाई पनि जोड्दा भारतले कुल १ सय ५० गोल पूरा गर्‍याे। उसले साफमा डेढ सय गोलको खुसी मनाउन भने पाएन किनकि उसले साफ इतिहासमै खराव प्रदर्शन गर्दै प्रतियोगिताको सेमिफाइनलबाट पहिलो पटक बाहिरियो। अनि यही साफमा भारतले पहिलो पटक विपक्षीबाट समग्रमा ४ गोल खायो। बंगलादेश सँग समूहचरणमा ३–० को हार भोग्यो पहिलो पटक भारतले कुनै पनि विपक्षीविरुद्व यति फराकिलो हार भोगेको थियो।

भारतले साफमा आफूलाई यति बलियो बनाएकाे थियो कि पहिलो साफबाटै आफ्नो रवाफिलो उपस्थितिका कारण भारत बाहिर उपाधिको कल्पना गर्न पनि मुस्किल थियो। तर छैटौं साफ भारत बाहेकका देशले उपाधि जित्ने नयाँ कीर्तिमान र मानक स्थापित हुने साफका रुपमा रहनेछ। त्यसो त जारी साफले भारतलाई मात्र हराएन। नेपाल र बंगलादेश सँगै भुटानको उदयलाई पनि दशरथ रंगशालाले अनुमोदन गर्‍याे। किनकि भुटानले पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको थियो। किशोरी टिमले मैदानमा आफ्नो जवर्जस्त उपस्थिति देखायो। त्यसैले आगामी साफ झनै खुला भएको छ।

भारतको खराव अबस्थाका बारेमा नेपाली प्रशिक्षक कुमार थापा भने भारतीय फुटबलमा आएको उतरचढावलाई कारण मान्छन्। उनी भन्छन्, ‘भारतीय फुटबलमा पछिल्लो समय धेरै उतरचढावहरु आए। फुटबलमा देश फिफाको प्रतिबन्धमा परेपछि मानसिक रुपमा खेलाडी कमजोर बने। मैदानमा उनीहरु भविष्य के होला भनेर अन्योलमा रहे। तर प्रतिबन्ध फुकुवासँगै भारतले ‘ओभरकम’ गरेर यहाँ सम्म आउनुनै ठुलो कुरा हो।’

भारतीय प्रशिक्षक सुरेन क्षेत्रि भने अन्य देशको जित निकाल्ने उत्कट चाहाना र मैदानमा भएको मिहिनेतले सफल्ता दिलाएको मान्छन्। बंगलादेशसँगको हारपछि उनले भनेका थिए ‘हामीले राम्रो प्रदर्शन गर्यों तर बंगलादेशले जित्नका लागि खेलेको थियो। उनीहरुको मिहिनेत र लगाव मैदानमा देखिन्यो ग। जसका कारण सफल्ता प्राप्त गरे।’ उनले नेपालसँगको हारपछि पनि धेरै डिप्लोमेटिक जवाफ दिएन्न्। उनले सहज रुपम हार स्विकार्नु पर्ने बताए। उनले भने ‘नेपाल खेल जित्नका लागि लायक थियो। हामी हार स्विकार्न तयार छौं’

भारतको छैटौं साफ सम्मको यात्रा

२०१० मा पहिलो पटक बंगलादेशमा साफ प्रतियोगिताको आयोजना भएको थियो। जतिबेला भारतले एकल वर्चस्व कायम गर्‍याे। उसले समूहचरणका तीन सहित कुल ५ खेलमा ४० गोल गर्दा क्लिन सिट राख्यो। विपक्षी कुनै टिमले भारत विरुद्व गोल गर्न सकेनन्। फाइनलमा नेपाललाई १(० ले पराजित गर्दै उपाधि जित्यो।

दोस्रो साफमा पनि भारतले आफ्नो लयलाई जारी राख्यो २०१२ मा श्रीलंका मा भएका ५ खेलमा ३३ गोल गर्यो। पहिलो पटक नेपालले साफमा भारत विरुद्व गोल गरेको थियो। फाइनलमा ३–१ ले पराजित भएपनि नेपालले भारतको पहिलो साफको ‘क्लिन सिट’ रेकर्ड ब्रेक गरेको थियो।

तेस्रो पटक भारतले पाकिस्तानमा पनि आफुलाई बलियो रुपमा कायम राख्न सफल रह्यो। पाकिस्तानमा सम्पन्न भएको तेस्रो साफ ५ खेल ३६ गोल गर्यो। यो प्रतियोगितामा नेपाल बाहेक भारत विरुद्व गोल गर्न देशका रुपमा बंगलादेश रह्यो। उसले ५–१ हार भोगेपनि भारत विरुद्व गोल गर्ने दोस्रो देशका रुपमा आफुलाई उभ्यायो। तर फाइनल एकतर्फी बनाउँदै नेपाललाई ६–० ले हराएर उपाधि जित्यो।

भारतका लागि चौंथो साफपनि उपाधिका हिसावले सफल रह्यो। तर भारत विरुद्व पहिलो पटक साफमा तीन देशले गोल गरेका थिए। २०१६ मा भारतमानै भएको उक्त साफमा ४ खेलबाट ११ गोल गर्दा अफगानिस्तानले पनि भारत विरुद्व गोल गर्यो। सोहि साफमा भारत पहिलो पटक आफुले खेलेको कुनै पनि एक टिम विरुद्व गोल गर्न असफल भयो। अर्थात बंगलादेशसँग भारत समूहचरणमा गोलरहित बराबरीमा रोकिएको थियो। सेमिफाइनलमा नेपाल ३(१ ले पराजित भयो। समूहचरणमा भारतलाई गोलरहित बराबरीमा रोकेपनि पहिलो पटक फाइनलमा पुगेको बंगलादेशले उपाधि जित्नबाट भने भारतलाई रोक्न सकेन्। उक्त फाइनलमा बंगलादेश ३–१ ले पराजित भयो।

विराटनगरमा २०१९ मा भएको पाँचौँ साफमा भारतविरुद्व नेपाल उपाधिका लागि मैदानमा थियो। तर इतिहास बदलिएन्। भारतले ३(१ ले खेले आफ्नो पक्षमा पारेको थियो। उक्त साफमा पनि भारतले विपक्षी विरुद्व १८ गोल गर्दा १ मात्र गोल खाएको थियो। फाइनलमा नेपालले गरेको एकमात्र गोलले भारतले प्रतियोगितामा दोस्रो पटक क्लिन सिटको अवसर गुमाएको थियो।

तर छैटौं साफ भने भारतका लागि अस्वाभाविक रह्यो। पाँच मध्ये भारतले ४ मात्र खेल खेल्यो अर्थात भारत फाइनल प्रवेश गर्न पहिलो पटक असफल भयो। सेमिफाइनलमा नेपालसँग १–० हारेको भारत त्यसअघि समूहचरणको अन्तिम खेलमा बंगलादेशसँग ३(० ले स्तब्ध बनेको थियो। साफ इतिहासमा भारतले पहिलो पटक लगातार दुई खेल गुमायो। साथमा यही प्रतियोगितामा भारतले १२ वर्षमा पहिलो पटक पराजय समेत भोगेको थियो। भने १२ वर्षमा पहिलो पटक भारत उपाधिविहीन रहनेसमेत पक्का भयो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?