
बस्नलाइ सिट माग्ने गल्दै जान थाले
देउसी खेल्दा नपाएर चल्दै जान थाले।।
नौलाका दाइँमा परि धुस्नु बन्या देख्दा
मुटु भित्र छाति भित्र जल्दै जान थाले।।
गोरु बेच्या साइनो छैन उसै कसे गाँठो
चुडिन्न बन्धन भनि छल्दै जान थाले।।
उबेलाका रणताल बिर्सिए कस्ले कुन्नी
आखिर मँ तिम्रै भन्दै मल्दै जान थाले।।
एकतरफ ठिक भन्ने अर्को खोचे थाप्ने
थाङ्नाथरा पुत्ला बनि बल्दै जान थाले।।
कटबाँसका लाठी चल्छ बखत बखतमा
खप्परमा महँगा आलु फल्दै जान थाले।।
बयानले आगो फाल्यो पोल्यो यता उता
छोपि हिँडया चुच्चेनाक ढल्दै जान थाले।।