गाउँपालिका अनुदानबाट हुम्लाका विद्यालयमा १५७ जना शिक्षक भर्ना

गाउँपालिका अनुदानबाट हुम्लाका विद्यालयमा १५७ जना शिक्षक भर्ना
+
-

सिमकोट – हुम्लाका सातमध्ये ६ वटा गाउँपालिकाले अनुदानमा बजेट विनियोजन गरी १५७ जना शिक्षक भर्ना गरेको पाइएको छ।

विद्यालय सञ्चालनको अनुमति दिँदा मापदण्ड पालना नगरेका कारण जथाभावी विद्यालय सञ्चालन गर्दा शिक्षक नभएकाले गाउँपालिकाले ठूलो लगानी यस क्षेत्रमा गर्नुपरेको हो।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक भट्टराईले आफ्नै आन्तरिक स्रोत नहुने गाउँपालिकाले ठूलो बजेट शिक्षक भर्नामा लगानी गर्नुपरेको बताए।

विद्यालय सञ्चालनको अनुमति दिँदा मापदण्डलाई ख्याल नगरेका कारण यो बजेट गाउँपालिकाले खर्च गर्नुपरेको हो। विद्यालय सञ्चालनसम्बन्धी मापदण्डमा भौतिक संरचना र जनशक्ति तथा विद्यार्थी संख्यालाई ध्यान दिनुपर्ने हुन्छ। तर, हुम्लामा यसरी विद्यालय सञ्चालनको अनुमति दिनुपर्दा यो पक्षलाई कुनै गाउँपालिकाले ध्यान दिएको देखिँदैन।

जिल्लाका सात वटामध्ये ६ वटा गाउँपालिकाले १५७ जना शिक्षक भर्ना गरेको देखिन्छ। जसमा गाउँपालिकाका अनुुसार नाम्खा गाउँपालिकाले पाँच जना, सिमकोटले १७ जना, खार्पुनाथले ४७ जना, सर्केगार्डले १८ जना, चंखेली २५ जना र ताँजाकोट गाउँपालिकाले ४५ जना शिक्षक भर्ना गरेको देखिन्छ।

यी नयाँ भर्ना भएका शिक्षकमा उच्च मावि, मावि, निमावि, प्रावि र बालविकास तहका छन्।

विद्यालय सञ्चालनको अनुमति दिइसकेपछि त्यसलाई चालुु राख्न यसरी गाउँपालिकाले शिक्षक भर्नामा लगानी गर्नुपरेको हो। यसका लागि सात करोड २८ लाख बजेट गाउँपािलकाले चालु वर्षमा विनियोजित गरेको देखिन्छ।

गाउँपालिका अनुसार यसरी शिक्षक भर्नाका लागि अनुदान बजेट विनियोजित गर्ने गाउँपालिकामा ताँजाकोटले दुुई करोड, चंखेलीले एक करोड बीस लाख, सर्केगार्डले ८० लाख, खार्पुनाथले एक करोड ७१ लाख, सिमकोटले एक करोड ५० लाख र नाम्खा गाउँपालिकाले सात लाख रहेको विनियोजित गरेको पाइन्छ। यो बजेटबाट सबै तहका शिक्षक, बाल विकासका सहजकर्ता र कतिपय विद्यालयमा कार्यालय सहयोगलाई समेत भर्ना गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष