टुकुचामाथिका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश

टुकुचामाथिका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश
+
-

काठमाडौँ – उच्च अदालत पाटनले टुकुचा नखोल्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले टुकुचामाथि बनेका घर तत्काल नभत्काउन आदेश दिएको हो।

जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सले आफू बसेको घर महानगरपालिकाले अन्धाधुन्ध भत्काउन लागेको भन्दै उक्त काम रोक्न माग गर्दै भदौ ३१ गते निवेदन दिएका थिए।

निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश बमको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो।

उच्च अदालतले टुकुचा खोल्नुको कारण समेत पेश गर्न महानगरपालिकको नाउमा आदेश दिएको छ।

अल्पकालीन आदेशलाई के गर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई असोज ५ गते बोलाइएको छ। १३० वर्ष अघि नै टुकुचालाई भूमिगत बनाइएको तथ्य सार्वजनिक भएको छ।

महानगरले त्यसमाथि बनेका संरचनालाई धमाधम भत्काउन थालेपछि घर धनीहरु अदालत जान थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?