कार्यकाल सकिँदा पनि अग्नि सापकोटा सभामुखकै हैसियतमा कार्यालय उपस्थित

कार्यकाल सकिँदा पनि अग्नि सापकोटा सभामुखकै हैसियतमा कार्यालय उपस्थित
+
-

काठमाडौँ – शनिबार राति १२ बजेदेखि प्रतिनिधिसभाको कार्यकाल सकिएको छ।

आइतबार र सोमबार समानुपातिकतर्फको मनोनयन (बन्द सूची बुझाउने) हुँदा संसदको कार्यकाल शनिबारदेखि सकिएको छ। संसदको कार्यकाल सकिएसँगै सभामुख, उपसभामुख र सांसदहरुको पद पनि स्वतः समाप्त भएको छ।

निर्वाचन आचार संहिता २०७९ अनुसार समानुपातिकको बन्द सूची बुझाउने अघिल्लो दिन सांसदहरुको पद स्वतः जाने उल्लेख छ।

आयोगले २०७४ सालमा दलहरुले आयोगमा बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची शनिबारसम्म मात्रै वैधानिक हुने निर्णय गरेको छ। कांग्रेसको समानुपातिकबाट सांसद र त्यसकै हैसियतमा उपसभामुख बनेकी पुष्पा भुसाल ‘पूर्व’ भइसकेकी छिन्।

तर अग्नि सापकोटा सभामुखकै हैसियतमा आइतबार संसद सचिवालयमा उपस्थित भएका छन्।

सचिवालय स्रोतका अनुसार सापकोटा सभामुखका हैसियतमा गर्नुपर्ने केही काम गर्न उपस्थित भएका हुन्।

त्यसक्रममा उनले सरकार सञ्चार माध्यमलाई पनि सभामुखकै भूमिकामा अन्तर्वार्ता दिएका छन्।

संविधानले विघटन भएको अवस्थामा सभामुख र उपसभामुखको कार्यकाल अर्को चुनावको मनोनयनको अघिल्लो दिनसम्म हुने व्यवस्था गरेको छ।

उक्त प्रावधानको मर्म स्वभाविक चुनाव हुँदा पनि सभामुख र उपसभामुखको कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म मात्रै रहने हुन्छ। तर अग्नि सापकोटाले प्रत्यक्षतर्फको मनोनयन (असोज २३) गतेको अघिल्लो दिन मात्रै आफू सभामुखबाट पदमुक्त हुने व्याख्या गरिरहेका छन्।

सापकोटाको २१ दिन बढी पदमा रहनका लागि अनावश्यक व्याख्या गरेको सचिवालयका एक अधिकारीले बताए।

ती अधिकारीले भने, ‘संसदको कार्यकाल सकिने, उपसभामुख र सांसद ‘पूर्व’ हुने तर सभामुख चाहिँ रहिरहने हुन्छ र?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?