
काठमाडौँ- साफ महिला च्याम्पियनसनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।
दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा बंगलादेशले १४ औं मिनेटमा गोल गरेको हो ।
समसुनहरले बंगलादेशका लागि आकर्षक गोल गरिन् । क्रसलाई फिनिसिङ टच गर्दै उनले गोलमा परिणत गरेकी हुन् ।
नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिएका छन् ।