
काठमाडौँ- काठमाडौंको गोठाटारमा गोली लागेर एक जना घाइते भएका छन्।
पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर फरार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी भरत बोहराले बताएका छन् ।
गोलि लागेर सर्लाही गोडैटा नगरपालिका २ मुस्लिम टोलका लाल मोहम्मद दर्जी घाइते भएको प्रहरीले जनाएको छ। मधेसी मुलका देखिने दुई जनाले गोलि प्रहार गरेर फरार भएको खुलेको छ।
कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिरनजिकै गोली चलेको हो।
अहिले प्रहरीले गोली प्रहारमा संलग्नको खोजि गरिरहेको छ। घाइतेलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ।