काठमाडौँ- निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरूमध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आ.व. २०७८/०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रूपमा सम्मानित भएको छ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९ औँ वार्षिक उत्सवको अवसरमा सम्मानित गरिएकाे हाे।
बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो।
बैंकका हाल ७ प्रदेश, ७७ जिल्लामा २५९ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ रहेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































