सभामुख पदमुक्त भइसक्नुभयो : प्रमुख आयुक्त थपलिया

सभामुख पदमुक्त भइसक्नुभयो : प्रमुख आयुक्त थपलिया
+
-

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संसदको कार्यकाल असोज १ गतेदेखि नै सकिएको बताएका छन्।

मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसदको कार्यकाल रहने र मनोनयनले समानुपातिक तर्फको बन्द सूचीलाई समेत जनाउने हुँदा संसदका कुनै पनि सदस्य एवं पदाधिकारीको कार्यकाल बाँकी नरहेको उनको जिकिर छ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि आइतबार र सोमबार समानुपातिक तर्फको बन्दसूची दलहरुबाट लिइसकेको छ।

निर्वाचन आयोगले संघीय संसदलाई पत्रमार्फत प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने जानकारी गराएको थियो। तर अग्निप्रसाद सापकोटा सभामुखकै हैसियतमा त्यसपछि पनि सक्रिय भइहरेका छन्। जुन उचित नभएको प्रमुख आयुक्त थपलियाको टिप्पणी छ।

उनले देश सञ्चारसँग भने, ‘असोज १ गतेदेखि संसदको कार्यकाल सकियो। त्यसपछि कुनै पनि सदस्य वा पदाधिकारी पदमा रहेको कुरा आयोगले मान्दैन।’

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ ले ‘उम्मेदवारी’ भन्नाले समानुपातिकतर्फको ‘बन्दसूची’ बुझाउने समेत बुझिने परिभाषित गरेको छ।

निर्वाचन आचार संहिताले पनि मनोनयनपछि निर्वाचन पदमा रहेका व्यक्ति स्वतः पदमुक्त हुने र मनोनयन भन्नाले ‘बन्दसूची’लाई पनि मानिने उल्लेख गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’