गाडीमुनि खेल्न पुगेका १७ महिने बालकको किचेर मृत्यु

गाडीमुनि खेल्न पुगेका १७ महिने बालकको किचेर मृत्यु
+
-

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दाखेल्दै गाडीमुनि पुगेका एक १७ महिने बालकको गाडीले किचेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको छोरा १७ महिनाको सलिन श्रेष्ठ हुन् ।

पानी झार्न रोकिराखेको बा५ख ७८१७ नम्बरको निशान गाडीमुनि खेल्दाखेल्दै छिरेका बालकलाई गाडी अगाडि बढाउँदा गाडीले किचेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

गाडीले किचेपछि घाइते भएका बालकलाई उपचारका लागि समिट अस्पताल लोकन्थली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी वृत्त थिमिबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान थालेकाे छ ।

घटनापछि सवारीसाधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका-३ घर भई हाल काठमाडाैँ मूलपानी बस्ने वर्ष २३ को आकाश भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?