
काठमाडौँ- राष्ट्रकवि माधव प्रसाद घिमिरेको ऋतंभरा महाकाव्य लोकार्पण भएको छ।
नेपाली शिक्षा परिषद् तथा साझा प्रकाशनको संयुक्त तत्त्वावधानमा आज एक कार्यक्रमका बीच महाकाव्य लोकार्पण गरिएको हो।
आज राष्ट्रकवि घिमिरेको जन्मदिन पारेर सो महाकाव्य लोकार्पण गरिएको हो।
राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो। उनको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्थे।