कतार विश्वकपका लागि समर्थकलाई कोभिड भ्याक्सिन अनिवार्य नगरिने भएको छ। आगामी मंसिरमा सुरु हुने विश्वकपका लागि १० लाख बढी समर्थक कतार पुग्ने जनाइएको छ।
लाखौँ समर्थक आफ्नो टिमको सपोर्टका लागि कतार पुग्दै गर्दा गल्फ स्टेटले कोभिड खोप अनिवार्य नुहुने जानकारी दिएको हो।
यद्यपि समर्थकले कोभिड नेगेटिभको प्रमाण भने देखाउनु पर्नेछ। कतार उड्नुअघि ६ वर्षमाथिका सबै समर्थकले कोभिड नेगेटिभ भएको प्रमाण भने देखाउनु पर्नेछ। आयोजकले यसलाई नयाँ स्वास्थ्य मापदण्डका रूपमा लिएको छ।
२९ दिन चल्ने प्रतियोगिता विश्व खेलकुदमा सर्वाधिक धेरै हेरिने फुटबल इभेन्ट हो। २०१९ मा कोभिड महामारी चलेसँगै यो सर्वाधिक धेरै समर्थकसहित हुन लागेको खेलकुद इभेन्ट समेत हो। फिफाले विध्वंसकारी महामारीपछि कतारले विश्वभर नयाँ सन्देश सम्प्रेसन गर्ने विश्वास व्यक्त गरेको छ।
कतारमा रहँदा समर्थकहरूले सार्वजानिक सवारीसाधनमा यात्रा गर्दा मास्क भने अनिवार्य प्रयोग गर्नु पर्ने छ। साथै कसैलाई परीक्षणका दौरान कोभिड पुष्टि भए तत्काल आइसोलेसनमा राखिने जनाइएको छ। आयोजकले खेलाडी, रेफ्री तथा टिम अफिसियलहरूलाई कडा बायो बब्ल्समा बस्न आग्रह गरेको छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































