प्युठानमा गठबन्धनभित्र खटपट: जनमाेर्चाकी पौडेललाई भोट नमाग्ने कांग्रेसका पोखरेलको घोषणा

प्युठानमा गठबन्धनभित्र खटपट: जनमाेर्चाकी पौडेललाई भोट नमाग्ने कांग्रेसका पोखरेलको घोषणा
+
-

काठमाडाैँ – प्रतिनिधिसभा निर्वाचनकाे लागि एक मात्र निर्वाचन क्षेत्र रहेकाे प्युठानमा गठबन्धनभित्र खटपट देखिएकाे छ ।

आफ्नाे गृहजिल्ला प्युठानमा टिकट दाबी गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेलले गठवन्धनबाट राष्ट्रिय जनमोर्चाले टिकट पाए आफूले राष्ट्रिय जनमाेर्चाकाे चुनाव चिह्न गिलासमा भाेट नमाग्ने घाेषणा गरेका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले प्युठानमा राजमाेकी दुर्गा पाैडेललाई ‍टिकट दिने घाेषणा गरेलगत्तै उनले आफूले दुर्गाकाे लागि भाेट नमागी कांग्रेसकाे लागि मात्र भाेट माग्ने जनाएका हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पोखरेलले सामाजिक सञ्जालमार्फत बाहिर आएका गठवन्धनका समाचार सहि भएमा प्युठानी जनताकाबीच रुख चिन्हमा पार्टी र पार्टीको उम्मेदवारलाई मात्र मत माग्न आउने बताएका हुन् ।

‘मलाई प्युठानमा संघीय उम्मेदवार हुनुहोस् भन्ने धेरै शुभेच्छुक र साथीहरुको प्रस्तावमा म पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु’,उनले लेखेका छन्,‘तर प्रस्तावलाई सकरात्मकरुपले लिएर उपायहरु खोज्दै छु । यस बीचमा केही नयाँ परिदृष्यको विकास भएमा अवश्य जानकारी गराउने छु ।’

यसअघि पोखरेल ०७४ सालको निर्वाचनमा राजमोकी पौडेलसँग नै पराजय भएका थिए । अहिले पुनः सत्ता गठवन्धनबाट पौडेलले नै टिकट पाउने निश्च्तिजस्तै भएको छ । माेहन विक्रम सिंहकी पत्नीसमेत रहेकी सांसद् पोखरेललाई कांग्रेसभित्र टिकट पाउनुपर्ने चर्को दवाव भइरहेको छ ।

आफू रुख चिन्ह लिएर उम्मेदवार भई प्युठान आउने सम्भावना माथि प्रश्न चिन्ह लागेको पोखरेलले बताएका छन् । तर, औपचारिक समाचार नआउँदासम्म सम्भावना रहेको समेत उनले प्रतिक्रिया दिएका छन् ।

यस्ताे छ उनकाे अभिव्यक्ति:

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’