
काठमाडाैँ – प्रतिनिधिसभा निर्वाचनकाे लागि एक मात्र निर्वाचन क्षेत्र रहेकाे प्युठानमा गठबन्धनभित्र खटपट देखिएकाे छ ।
आफ्नाे गृहजिल्ला प्युठानमा टिकट दाबी गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेलले गठवन्धनबाट राष्ट्रिय जनमोर्चाले टिकट पाए आफूले राष्ट्रिय जनमाेर्चाकाे चुनाव चिह्न गिलासमा भाेट नमाग्ने घाेषणा गरेका छन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनले प्युठानमा राजमाेकी दुर्गा पाैडेललाई टिकट दिने घाेषणा गरेलगत्तै उनले आफूले दुर्गाकाे लागि भाेट नमागी कांग्रेसकाे लागि मात्र भाेट माग्ने जनाएका हुन् ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पोखरेलले सामाजिक सञ्जालमार्फत बाहिर आएका गठवन्धनका समाचार सहि भएमा प्युठानी जनताकाबीच रुख चिन्हमा पार्टी र पार्टीको उम्मेदवारलाई मात्र मत माग्न आउने बताएका हुन् ।
‘मलाई प्युठानमा संघीय उम्मेदवार हुनुहोस् भन्ने धेरै शुभेच्छुक र साथीहरुको प्रस्तावमा म पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु’,उनले लेखेका छन्,‘तर प्रस्तावलाई सकरात्मकरुपले लिएर उपायहरु खोज्दै छु । यस बीचमा केही नयाँ परिदृष्यको विकास भएमा अवश्य जानकारी गराउने छु ।’
यसअघि पोखरेल ०७४ सालको निर्वाचनमा राजमोकी पौडेलसँग नै पराजय भएका थिए । अहिले पुनः सत्ता गठवन्धनबाट पौडेलले नै टिकट पाउने निश्च्तिजस्तै भएको छ । माेहन विक्रम सिंहकी पत्नीसमेत रहेकी सांसद् पोखरेललाई कांग्रेसभित्र टिकट पाउनुपर्ने चर्को दवाव भइरहेको छ ।
आफू रुख चिन्ह लिएर उम्मेदवार भई प्युठान आउने सम्भावना माथि प्रश्न चिन्ह लागेको पोखरेलले बताएका छन् । तर, औपचारिक समाचार नआउँदासम्म सम्भावना रहेको समेत उनले प्रतिक्रिया दिएका छन् ।
यस्ताे छ उनकाे अभिव्यक्ति: