
काठमाडौँ – विश्व खेलकुदमा आफ्नो छुट्टै पहिचानका कथाहरू धेरै छन्। धेरै खेलाडीहरू सुरुवाती दिनमा राष्ट्रिय स्तरमा उदयका लागि दौडिन्छन् अनि सफलतासँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नाम राख्न सफल हुन्छन्।
राष्ट्रिय टिममा पर्न संघर्ष अनि अन्तराष्ट्रिय एरेनामा सफलता पाउन् झनै संघर्ष गर्नु पर्छ। यो प्रक्रियामा कति सफल भएर चम्किन्छन् कति असफल भएर हराउँछन्।
सफलता र असफलताको पाटो भन्दा फरक पनि खेलकुदमा अर्को दुनियाँ पनि हुन्छ जो आफ्नो प्यासन र लगावका कारण परिचित हुन्छ। यस्तै आफ्नो प्यासनका लागि विगत ११ वर्षदेखि दौडिरहेका छन्। बर्दिया स्थायी घर भएका शेर बहादुर थारू। यो बिचमा थारूले देशभरका कयौँ म्याराथन तथा अल्ट्रा रेसमा आफूलाई दौडाए।
उनका उपलब्धी भनेको सबै प्रतियोगितामा सहभागी भएर आफ्नो टाइमिङ सुधार गर्दै विभागीय टिमका खेलाडीको पछि रहनु हो। उनले कति पय स्थानीय ठाउँहरूमा मेडलहरू हात पारे ।
तर प्रतिष्ठित प्रतियोगिताहरूमा उनी उपाधि बिहीन रहे तर उनले विभागीय टिमका धावकलाई भने सधैँ टक्कर दिइरहे। उनले प्राय धेरै प्रतियोगितामा टप १० मा रहे। अनि शीर्ष तीनमा रहेर मेडलको अनुभव पनि हासिल गरेका छन्। तर उनले विभागीयको वर्चस्व भने तोड्न सकेनन्।
शेरबहादुर उपाधिका लागि भन्दा बढी प्यासनले दौडन्छन्। उनी आफ्ना लागि आफै स्पोन्सरहरु खोद्छन्। पाएका मेडल र टाइमिङ तथा निरन्तरको साधनाका कारण उनले दौडदा स्पोन्सरको साथ पाउने गरेको बताउँछन्।
शेर भन्छन् ‘मैले आफ्नो लागि खर्च आफै जोहा गर्छु। मेरो लागि स्पोन्सरहरु मेरो खेलको र मिहिनेत र लगावले गर्दा पत्याउनु हुन्छ। सानोसानो सहयोगले पनि मलाई दौडिन पुगिहाल्छ।’
पछिल्लो समय शेर भारतका चर्चित दौडहरुमा सहभागी हुँदै आएका छन्। दिल्लीको प्रतिष्ठित आइडिबी म्याराथन, साथै दिल्लीमै भएको ‘२४ आवर्स रेस’ मा सहभागी भएका उनी अब एसियाली स्तरमानै चर्चित मानिएको मुम्बई म्याराथनको प्रयासमा रहेका छन्। शेर भन्छन् ‘सायद मुम्बईमा दौडिन पाउँछु होला, अन्यथा मुम्बईमा हुने ‘२४ आवर्स रेस’ सहभागी हुने छु।’
उनले रोड रेस सँगै अल्ट्रारेस पनि दौडिने गरेका छन्। अन्नपूर्ण १०० किमि अल्ट्रा रेसमा दुई पटक सहभागी भए। अनि दुवैपटक उनले तेस्रो स्थान हाँसिल गरे। उनले १३ घन्टामा अन्पूर्ण अल्ट्रारेस पूरा गरेका थिए।
त्यसोत थारू राष्ट्रिय स्तरका छनोट प्रतियोगिताहरूमा सहभागी हुँदैनन्। उनी आफूलाई स्वतन्त्र रुपमा दौडनुमा विश्वास राख्छन्।
‘प्रतियोगिताका आधारमा एथलेटिक्स खेलाडीको पहिचान बढ्ने हो। एथलेटिक्स तैले खेल्न पाँउदैनस भन्न मिल्दैन्। विश्वका चर्चित म्याराथनहरुमा सहभागी हुने सबै छनोट भएर खेल्न पाउने भन्ने हुँदैन्। आफ्नो सहभागिताको आधारमा प्रतिस्पर्धा गर्ने हो।’
विश्व चर्चित म्यारथन सम्म पुग्नका लागि थारूले फरक बाटो बनाउँदै अघि बढेका छन्। उनी भन्छन ‘खुल्ला म्याराथनमा सहभागी हुनका लागि मेरो दौडको अनुभव र टाइमिङहरुले मलाई सहयोग गरेको छ। त्यसैल दिल्लिमा हुने प्रतियोगिताहरूमा निकालेको टाइमिङले मलाई सहयोग गरेको छ।’
त्यसो त उनले राष्ट्रिय स्तरका प्रतियोगिता पछि अब अन्तराष्ट्रिय एरेनामा सहभागिताको प्रयास सुरु गर्ने बताए।
अब उनी आफ्नो दौडको दायरा फराकिलो पार्ने प्रयासमा छन्। अब युरोप र अन्य मुलुकमा हुने दौडमा पनि सहभागी हुने लक्ष्यमा छन्। काम र दौड सँगै अघि बढाउँदा उनले राष्ट्रिय खेलाडिको रुपमा चर्चात पाउन सकेनन्।
तर आफ्नो प्यासनको दौडलाई भने विगत ११ वर्षदेखि निरन्तर कायम राखेका छन्। उनी भन्छन् ‘अझै केही वर्ष दौडिन्छु। मलाई मेरो स्ट्रेन्थमा विश्वास छ। अब अन्तर्राष्ट्रि चर्चित दौडहरुमा सहभागी भएर नयाँ इतिहास बनाउने लक्ष्यमा रहेको छु।’
उनले घरेलु प्रतियोगिता भन्दा भारतमा भएका दौडले करिअरलाई केही सहयोग मिलेको बताए। उनले भने ‘यहाँ राम्रो रेकर्ड राखिदैन्। जित्यो, मेडल लियो सकियो हुन्छ। तर भारतमा आफ्नो टाइमिङको सम्पूर्ण डिटेल हेर्न र राख्न समेत मिल्छ। त्यसकै आधारमा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि सहभागी हुनका लागि सहयोग मिल्छ।’